कोहलपुर ५ कार्तिकः कतिपय व्यक्तिलाई आफ्नो मातृभाषा बाहेक अन्य भाष बोल्नु पर्दा मात्रै पनि अप्ठ्यारो महसुस हुन्छ तर बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ का बिश्व सागर परियार भने पछिल्लो समयमा थारु लोक पप गायनतर्फ उत्कृष्ट हुँदै गएका
छन ।
फिल्मी क्षेत्र संगै थारु भाषाका गीतहरु गाउने अब्बल परियार फिल्मी क्षेत्रबाट गायन क्षेत्रमा लागेको एक बर्ष नबित्दै आधा दर्जन बढी थारु लोक पप गीत बजारमा ल्याउन सफल भएका छन्। पछिल्लो समयमा थारु युवा युवतीको फ्यान बनेका विश्व सागर आफु थारु समुदायमा हुर्केको हुनाले थारु संस्कृतिलाई निकै माया गर्ने गरेको बताउछन ।
अनलाईन आइहो हो छैली फेसबुकमा च्याट करवी, गोल गप्पा जैसिन तोहार गुलाबी उ गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो, जुग्नी चम्के रातमे लगायतका आधा दर्जन गीतबाट चर्चा कमाई सकेका परियारले भर्खरै म्युजिक भिडियो सहितको फ्लाईङ् किस बजारमा ल्याएका छन् ।
थारु गायनलाई आफ्नै शब्द, लय र स्वरमा धमाधम गीत निकाली रहेका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडि बढाउने सोच रहेको
बताउँछन् । उनी भन्छन् ’युवा लक्षित ल्याएको बारे गुनासो पनि आउने गरेको छ, अब थारु परम्परागत गीतको खोजीमा छु, परम्परागत गीत निकाल्न पनि खासै अप्ठ्यारो नपर्ला’। गीत मात्र होइन उनि पछिल्लो अवस्थामा आफ्नै कथा र निर्देशनमा एउटा थारु फिल्मको तयारीमा रहेको पनि बताउँछन् ।
परियारले यस अघि दुई वटा थारु फिल्ममा समेत मुख्य कलाकारको भूमिका निर्वाह गरिसकेका छन् ।
थारु फिल्म बनदीदी र प्रेमके बस्तीमा अभिनय गरिसकेका गायक परियार अब भने नितान्त कम्लहरीहरुको कथा ब्यथा समेटिएको फिल्म निर्माण गर्ने सोच बनाएको बताएका छन् ।
युवायुवतीले मन पराउने खाले अझै ३ वटा गीत तयारी अवस्थामा रहेको परियारले बताएका छन् ।
एकचो लभ यु कहो यी ज्यान तुँहार हो, आगवे आगे मोटर बाइक पाछे पाछे मोटर कार, यी लवन्डी म्वार हो ना जिस्काउन यार, मिनी स्कर्टवाला छैली पलट्क हेरो दैदेउ एक चम्चा लगायतको गीत बजारमा ल्याउने तयारी रहेको उनले बताए । म थारु गित गाउनकै लागी जन्मेको हुँ आई लभ थारु कल्चर विश्व सागरले
भने ।
प्रस्तुती ः कविन्द्र परियार
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्