मुक्त कमैया, भुमिहिन र सुकुम्वासीको भोट कांग्रेसलाई



बर्दिया, ६ मंसिर/  मुक्त कमैयाहरुको साझा संस्था मुक्त कमैया समाज बर्दियाका अध्यक्ष दुखराम थारुले नेपाली कांग्रेसको नेतृत्वमा बनेका वर्तमान सरकारले संविधान निर्माण तथा मुक्त कमैया, भुमिहीन र सुकुम्वासीको वास्तविक पुर्नस्थापना एंव समस्या समाधानमा धेरै काम गरेकाल यस पटकको भोट नेपाली काँगे्रसका उम्मेदवारहरुलाई दिने बताएका छन् ।

मंसिर २१ को निर्वाचनमा बर्दियाका सबै कमैया र भुमिहीनहरुले पनि यसपाली नेपाली कांग्रेसका उम्मेदवारहरुलाई भोट दिई बिजयी गराउने विश्वास लिएका छन् । मुक्त कमैयाहरुको बसोबास रहेका मुख्य बस्तीहरु टेसनपुर, शक्तिनगर र जुक्तिनगरमा आयोजित चुनावी कार्यकमलाई सम्बोधन गर्दे मुक्त कमैया समाजका अध्यक्ष थारुले विगतमा दुई पटक चुनाव जितेर मुक्त कमैयाको लागि धेरै काम गर्छु भनेर झुठो आश्वासन देखाई मुक्त कमैयाहरुका लागि केही नगर्नेहरुलाई यसपाली भोट नदिने मतदाताहरुले बताए ।

मंसिर २१ गते नेपाली रुखमा भोट हालेर कंग्रेसका उम्मेदवारहरुलाई जिताउन बर्दियाका सुकम्वासी र कमैयाहरुलाई आग्रह गरे । तीन पटक चुनाव जितेर पनि कमैयाको लागि केही नगर्ने नेतालाई योल चुनाव बहिष्कार गर्नुपर्ने बताए। मुक्त कमैया समाजका जिल्ला अध्यक्ष थारुले भने,–‘सुकम्वासी , मुक्तकमैया र भुमिहीनको वास्तविका समस्या समाधान गर्ने पार्टी नेपाली कांग्रेस भएकाले मुक्त कमैयाहरुले काँगे्रसलाई जिताएर देखाउने बताए ।

बाटो, शिक्षा स्वास्थ्य ,रोजगारी खानेपानी सबै कुरामा नेपाली कांग्रेसले बाँके,दाङ्ग र कैलालीमा सुधार गरेको स्मरण गर्दे मुक्त कमैया समाजका अध्यक्ष थारुले बर्दियामा मुक्त कमैयाका समस्या देखेर बर्दिया छाडेर प्युठान गएर फेरि बर्दियामा आएकालाई जनताले चुनाव हराउने स्पष्ट पारे । नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले कमैयाको वास्तविक मुक्ति, शिक्षा, रोजगार, स्वास्थ्य, सिचाई र बाटोघाटो पुलपुलेसा निर्माणमा धेरै काम गरेको धारणा राखे ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार