स्थानीय तहमार्फत धेरै सुधार र विकासका कामहरु भएका छन् । आगामी दिनमा अझै यी संरचनाहरु व्यवस्थित बन्दै जानेछन् । हामी सबैको सामूहिक पर्यत्नले हाम्रो नगरलाई व्यवस्थित, समृद्ध र आउने पुस्ताहरुका लागि पनि बस्नलायक बनाउनेतिर पर्यत्न गरौँ । सबैलाई शुभकामना ।
कार्यसम्पादनमा धेरै सुधार गरेका छौँ । त्यसको प्रमाणका रुपमा तपाईं कार्यसम्पादनको स्वमूल्यांकनको नतिजालाई हेर्न सक्नुहुन्छ । बेरुजुको कुरा गर्नुहुन्छ भने यसभन्दा अघि धेरै बेरुजु हुने पालिकामा कोहलपुर प¥यो भनेर तपाईंकै मिडियामा आएको हो । अब हामी बेरुजु पनि घटाउँछौँ ।
माथिल्ला सरकारबाट बजेट आउँदा ठूला योजनामा बजेट आइदिए हामीलाई सजिलो हुन्थ्यो । अब हामी त्यसका लागि प्रयत्न गर्छौँ । अर्काेतिर आम नागरिकहरुले पनि सरकारका सीमा र क्षेत्रहरुबारे जानकारी राखिदिए त्यसले जिम्मेवारहरुलाई थप जिम्मेवार बनाउन सजिलो हुन्थ्यो भन्ने मलाई लागेको छ ।

–पूर्णप्रसाद आचार्य,
नगरप्रमुख, कोहलपुर नगरपालिका
नगरपालिकाको स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
वैशाख २५ कोहलपुर नगरपालिका लागि ऐतिहासिक दिन हो । यस दिनलाई हामीले यसपटक सभ्य, भव्य र व्यवस्थित ढंगले मनाउँदै छौँ । स्थापना दिवस मनाउनका लागि हामीले पाँचवटा उपसमिति नै गठन गरेर तयारी गरेका थियौँ । विभिन्न क्षेत्रको सुझाव संकलन गरेर कार्यक्रमलाई फरक र अर्थपूर्ण तवरले मनाउन लागेका छौँ ।
विशेषगरी कोहलपुरबाट खेलमार्फत पदक प्राप्त गरेका व्यक्तिलाई सम्मान गर्दैछौँ । अरु विभिन्न खेल प्रतियोगिता पनि आयोजना गर्दैछौँ । सामाजिक सेवामा महŒवपूर्ण योगदान दिएकाहरुलाई पनि सम्मान गर्दै छौँ । उत्कृष्ट सेवा प्रदान गरेका विद्यालयका प्रधानाध्यापकहरुलाई पनि यस अवसरमा सम्मान गर्दैछौँ । यसका अलावा यस दिन विभिन्न क्षेत्रका व्यक्तिहरुलाई एकै ठाउँ राखेर नगरपालिकाको विकास समृद्धिका लागि सुझावहरु सुन्ने पनि छौँ ।
कोहलपुरका लागि यहाँका लक्ष्य र सपनाहरु के हुन् ?
मेरो सपना कोहलपुरवासीको विकास समृद्धिको इच्छा पूरा भएको हेर्ने हो । उहाँहरुले संगाल्नुभएका चाहनाहरुको परिपूर्ति नै हाम्रोे उद्देश्य हो । विशेषगरी सुशासन, विकास आमनागरिकको चाहना हो । यसका साथै गरिब र विपन्न समुदायका नागरिकहरुलाई विकास र समृद्धिसँग जोड्ने पनि हाम्रो उद्देश्य हो ।
ती सपनालाई नीतिमा कसरी तादात्म्य मिलाउनुभएको छ ?
यस वर्ष हामीलाई पुराना योजनाको दायित्व धेरै भयो । हामीले यसभन्दा अघिल्लो कार्यकालमा सुरु भएका तर पूरा नभएका योजनाहरुलाई पूरा गर्न बजेटको अधिकांश हिस्सा छुट्याउनुप¥यो । त्यस कारण हामीले ती योजनाहरुलाई पूरा गरेर अब नयाँ योजनातिर ध्यान दिँदै छौँ । अबको नीति अघि मैले भनेको लक्ष्यतिरै केन्द्रित हुनेछन् ।
तपाईंको कार्यकालमा सुधार गरिएका नीतिगत कुराहरु के–के छन् ?
हामीले कार्यसम्पादनमा धेरै सुधार गरेका छौँ । त्यसको प्रमाणका रुपमा तपाईं कार्यसम्पादनको स्वमूल्यांकनको नतिजालाई हेर्न सक्नुहुन्छ । बेरुजुको कुरा गर्नुहुन्छ भने यसभन्दा अघि धेरै बेरुजु हुने पालिकामा कोहलपुर प¥यो भनेर तपाईंकै मिडियामा आएको हो । अब हामी बेरुजु पनि घटाउँछौँ । खर्चमा मितव्ययिता, पारदर्शीताका लागि हामीले प्रभावकारी नीति अख्तियार गरेका छौँ ।
आगामी आर्थिक वर्षमा कस्ता योजना प्राथमिकता पर्लान् ?
अब हामी त्यसको छलफल गर्दैछौँ । विशेषगरी विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने र खेल पूर्वाधारको निर्माणतिर हामीले ध्यान दिनेछौँ । स्वास्थ्यका पूर्वाधारहरु निर्माण गर्ने, जनताका लागि अत्यावश्यक सेवाका पूर्वाधारहरुको निर्माणमा अब हामी केन्द्रित हुनुपर्छ जस्तो लाग्छ ।
एक वर्षमा यहाँले ठम्याएका चुनौतीहरु के हुन् ?
चुनौती त हरेक काममा हुन्छन् नै । तिनीहरुलाई समाधान गर्दै अघि बढ्ने हो । यसका लागि सम्बद्धको साथ खोज्ने हो । पहिलो वर्ष हाम्रा लागि सिकाइको वर्ष पनि भयो । ठूला योजनाका लागि बजेटको अभाव हुने । हामी स्थानीय सरकारका रुपमा आत्मनिर्भर त अझै भइसकेका छैनौँ ।
त्यस कारण माथिल्ला सरकारबाट बजेट आउँदा ठूला योजनामा बजेट आइदिए हामीलाई सजिलो हुन्थ्यो । अब हामी त्यसका लागि प्रयत्न गर्छौँ । अर्काेतिर आम नागरिकहरुले पनि सरकारका सीमा र क्षेत्रहरुबारे जानकारी राखिदिए त्यसले जिम्मेवारहरुलाई थप जिम्मेवार बनाउन सजिलो हुन्थ्यो भन्ने मलाई लागेको छ ।
तपार्ईंको यो कार्यकालको अन्तमा कोहलपुरले के पाएको हुनेछ ?
प्रमुख कुरा संस्थागत सुधार हो । संस्थागत सुधार नभइकन अन्य सुधारको अपेक्षा गर्नु बेकार हुन्छ । सबैभन्दा पहिले नगरपालिकाको कार्यालयदेखि संस्थाहरु सबैलाई सबल र सुशासनयुक्त बनाउनेतिर हामी केन्द्रित छौँ । त्यसपछि शिक्षामा सुधारको खाँचो छ ।
सामुदायिक विद्यालयमा अभिभावकहरुले आफ्ना बालबालिका ढुक्कसँग पढाउन सक्ने वातावरण निर्माण गर्ने छौँ । स्वास्थ्य संस्थामा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाउने छौँ । भौतिक विकासतर्फ व्यवस्थित बस्तीहरु, गुणस्तरीय सडक र गौरव गर्न लायक ठूला परियोजनातर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।
नगर स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ ?
संघीयतापछि व्यवस्था भएको हो स्थानीय तह । संघीयता संस्थागत हुँदै गरेको यस समयमा हामी केही भएन भनेर निराश भइहाल्नुपर्ने अवस्था छैन । स्थानीय तहमार्फत धेरै सुधार र विकासका कामहरु भएका छन् ।
आगामी दिनमा अझै यी संरचनाहरु व्यवस्थित बन्दै जानेछन् । हामी सबैको सामूहिक पर्यत्नले हाम्रो नगरलाई व्यवस्थित, समृद्ध र आउने पुस्ताहरुका लागि पनि बस्नलायक बनाउनेतिर पर्यत्न गरौँ । सबैलाई शुभकामना ।









प्रतिक्रिया दिनुहोस्