मोटरसाईकलमा एक्कासी आगलागी



नेपालगञ्ज, ६ मंसिर/   नेपालगन्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडिको सुर्खेतरोडमा चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगो लागेको छ ।
भे ५ प ९५०३ नं. को पल्सर मोटरसाईकलमा एक्कासी आगलागी भएको थियो । मोटरसाईकल तिब्रगतिमा नभएको कारण मोटरसाईकल चालक भने जोगिएका छन् ।

चालक बिष्णुबिक्रम शाहीले गुडिरहको मोटरसाईकल अगाडि सानो ढुंगाका कारण सामान्य दुर्घटना हुँदा एक्कासी मोटरसाईकलमा आगो लागेको थियो । मोटरसाईकल पल्टेर चालककोे शरिरमा पेट्रोल परेपनि उनलाई कुनै क्षती नभएको चालकले बताए ।

कोहलपुर –१० बाँके निवासी शाही नेपालगञ्जबाट कोहलपुर तर्फ फर्कदै गर्दा एक्कासी सो दुर्घटना भएको थियो । चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगलागी भएपछि व्यस्त सडकमा आवागमनमा रहेका मानिसहरुको भिड लागेको थियो ।

नजिकैको राष्ट्रिय बाणिज्य बैंकमा राखिएको फायर डिस्टिङ्गुसरको मद्दतले आगो नियन्त्रणमा लिएको थियो । सो घटनामा मानविय क्षति नभएपनि मोटरसाईकल भने जलेर पूर्ण नष्ट भएको छ । गुडिरहेको अवस्थामा मोटरसाईकलमा ईलेक्ट्रिक सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार