कलाकार तिलकलाई प्रादेशिक पुरस्कार



रूकुम पश्चिम ।

रूकुम पश्चिमको सानीभेरी गाँउपालिका ३ निवासी गायक तथा कलाकार तिलक परियारलाई सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने चारवटा विधामध्ये सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कार तिलक परियारलाई प्रदान गरिने भएको हो ।

प्रादेशिक पुरस्कार कर्णाली प्रदेशबाट उक्त पुरस्कारका लागि उनी छनौट भएका हुन् । सानीभेरी गाउँपालिका वडानम्बर –३ स्थायी घर भई लामो समयदेखि काठमाडौँमा रहेर गीत सङ्गीत क्षेत्रमा क्रियाशील परियार यस वर्षको प्रादेशिक प्रतिभा पुरस्कार, २०८१ बाट सम्मानित हुनेको सुचीमा परेका हुन । उनीसँगै चार वटा विधामा ३२ जना स्रष्टाहरूलाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कार, २०८१ बाट सम्मान गरिने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि, २०७४ बमोजिम भाषा एवं साहित्य, संस्कृति विधा, सङ्गीत तथा नाट्य विधा र ललितकला विधामा सम्मान गर्दै आइरहेको छ । सम्मानित श्रष्टाहरूलाई मन्त्रालयले केही दिनपछि सम्मान तथा पुरस्कार प्रदान जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार