सामान्यतया अन्तर्राष्ट्रिय उडानहरू सम्बन्धित मुलुकको सहमतिबिना सञ्चालन गर्न सकिँदैन । तर अमेरिकी सैन्य रणनीतिमा कानुनी हैसियतभन्दा सामरिक प्रभावशालीता प्राथमिकतामा पर्छ । इतिहासमा पनि एबटा वादको घटनामा अमेरिका पाकिस्तानी आकाश प्रयोग गरेर ओसामा बिन लादेनको हत्या ग¥यो । यसपटक पनि त्यही शैली दोहोरिएको अनुमान गर्न सकिन्छ । इरान यस्तो हस्तक्षेपलाई सजिलै बिर्सन सक्दैन जस्तो लाग्छ । उसले भोलिका दिनमा भारतलाई चाबहार बन्दरगाहबाट बेदखल गर्न सक्छ, पाकिस्तानमा रहेका शिया समुदायकै माध्यमबाट आन्तरिक तनाव सृजना गर्न सक्छ ।

डा. डक्टप्रसाद धिताल ।
सन् २०२५ को मध्यतिर एक अकल्पनीय सैन्य गतिविधिले मध्यपूर्व पुनः तनावको घेरामा प¥यो । इरानले अन्तर्राष्ट्रिय मञ्चहरूमा गम्भीर आरोप लगायो– अमेरिकी द्यद्द क्तभबतिज बम वर्षकहरूले भारत र पाकिस्तानको आकाश प्रयोग गरी उसको परमाणु भट्टीहरूमा आक्रमण गरे । यो आरोप साधारण सैन्य विषय थिएन । यसको पछाडि लुकेको थियो रणनीतिक सन्देश, क्षेत्रीय सन्तुलन भङ्ग गर्ने संकेत र अन्तर्राष्ट्रिय कूटनीतिक जटिलता ।
इरानी नेताहरूको प्रतिक्रिया केवल प्रतिवाद थिएन, बरु आत्मसम्मानमाथिको ठेस थियो । अमेरिकासँगको तनाव दशकौँदेखि जारी रहे पनि इरानले यस्तो प्रत्यक्ष आक्रमणलाई आफ्नै स्वाधीनताको विरुद्ध एक शत्रुतापूर्ण हस्तक्षेपको रूपमा लियो । अमेरिकी धारणाअनुसार इरानको परमाणु कार्यक्रम वैश्विक सुरक्षा चुनौती थियो, तर प्रत्यक्ष हमला भनेको संवादको ढोका बन्द गर्नु हो । ट्रम्प युगको आक्रामक कूटनीतिमा यो हमला सन्देशभन्दा बढी रणनीतिक चुनौतीको रूपमा लिइएको देखिन्छ ।
यही प्रश्न उठ्छ– भारत र पाकिस्तानको भूमिकाबारे । के यी दुई देशले अमेरिकी विमानलाई आफ्ना आकाश प्रयोग गर्न अनुमति दिएका थिए ? वा अमेरिकी सामरिक वर्चस्वले अनुमति नलिइकनै बलजफ्ती प्रयोग ग¥यो ? भारत अमेरिकी सैन्य साझेदारको रूपमा चिनिन्छ । त्तग्ब्म् र अन्य सैन्य सम्झौताले अमेरिकी जहाजहरूलाई भारतीय संरचना प्रयोग गर्न सजिलो बनाएका छन् । त्यसैले इरानको आक्रोश भारतप्रति स्वाभाविक देखिन्छ । तर भारतको चाबहार परियोजना र इरानसितको तेल व्यापारले स्थिति थप संवेदनशील बनाएको छ ।
पाकिस्तानले पनि सधैँ इरानसित इस्लामी एकता देखाउने गरेको छ । तर सेनाध्यक्ष मुनिरलाई ट्रम्पले दिएको भव्य स्वागत, प्रोटोकल मिच्दै गरिएको कूटनीतिक व्यवहारले पाकिस्तानले पनि अप्रत्यक्ष सहमति दिएको शङ्का उत्पन्न गरेको छ । पाकिस्तान अमेरिकाबाट सहयोग खोजिरहेको देश हो, जहाँ सेना सधैँ नीति निर्माणको केन्द्रमा रहन्छ । अमेरिकी नेतृत्वले यही समझदारी प्रयोग गरेर सम्भवतः आफ्नो रणनीतिक उद्देश्य सफल बनायो ।
सामान्यतया अन्तर्राष्ट्रिय उडानहरू सम्बन्धित मुलुकको सहमतिबिना सञ्चालन गर्न सकिँदैन । तर अमेरिकी सैन्य रणनीतिमा कानुनी हैसियतभन्दा सामरिक प्रभावशालीता प्राथमिकतामा पर्छ । इतिहासमा पनि एबटा वादको घटनामा अमेरिका पाकिस्तानी आकाश प्रयोग गरेर ओसामा बिन लादेनको हत्या ग¥यो । यसपटक पनि त्यही शैली दोहोरिएको अनुमान गर्न सकिन्छ ।
इरान यस्तो हस्तक्षेपलाई सजिलै बिर्सन सक्दैन जस्तो लाग्छ । उसले भोलिका दिनमा भारतलाई चाबहार बन्दरगाहबाट बेदखल गर्न सक्छ, पाकिस्तानमा रहेका शिया समुदायकै माध्यमबाट आन्तरिक तनाव सृजना गर्न सक्छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत–पाकिस्तानको आलोचना गर्न सक्ने सम्भावना प्रवल छ । साथै, चीन र रुससँगको गठबन्धन बलियो बनाउँदै अमेरिका र उसका सहयोगीहरूलाई निष्क्रिय बनाउन खोज्नेछ ।
भारत र पाकिस्तान दुवै अहिले रणनीतिक असहजतामा छन् । एकातिर अमेरिकासँगको गठबन्धन कायम राख्नु छ, अर्कातिर इरानसँगको सम्बन्ध बिग्रन नदिनु छ । तर परिस्थिति यति जटिल भइसकेको छ कि दुवैले मौन बस्नुबाहेक विकल्प देखिँदैन । ट्रम्पले अपनाएको शैली सधैँ अप्रत्याशित रहँदै आएको छ । सेनापति मुनिरलाई दिइएको सत्कार, कूटनीतिक सीमारेखा मिच्ने आक्रामकता, अनि आन्तरिक अमेरिकी राजनीतिमा ‘ब्mभचष्अब ँष्चकत’ को ध्वनि— यी सबै कदम उसले शक्ति सन्तुलनमा नियन्त्रण स्थापित गर्नकै लागि लिएको देखिन्छ ।
यो घटनाले भारत–पाकिस्तान–इरानको त्रिकोणीय सम्बन्धमा नयाँ मोड ल्याएको छ । इरानले अब कूटनीतिक हिसाब किताब राख्ने देखिन्छ । भारत अमेरिकी प्रभावको सन्तुलन गर्दै इरानसितको सम्बन्ध टुट्न नदिने प्रयासमा रहेकोछ । पाकिस्तानले आफूलाई दुवै गुटको बीचमा सन्तुलनमा राख्न खोजेको छ । तर, तीनै देश यो घटनाबाट आन्तरिक रूपले झस्किएका छन् ।
द्यद्द बम वर्षकले आकाशमा गरेको यात्रा केवल एक मिसन थिएन, यो विश्व राजनीतिक आकाशमा गहिरो छायाँ छोडेर गएको छ । अबको कूटनीति भाषणमा होइन, पछिल्ला निर्णय र रणनीतिमा देखिनेछ । इरानले भनेको वाक्य अत्यन्तै गहिरो छ – ‘यो कुरा कहिल्यै बिर्सन सकिँदैन ।’









प्रतिक्रिया दिनुहोस्