डुडुवा गाउँपालिकाको ३५ करोड वजेट विनियोजन



नेपालगञ्ज, ३ मंसिर/  डुडुवा गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ को लागि रु ३५ करोड बढी वजेट विनियोजन गरेको हो ।

संसद बैठकको प्रकृति अनुसार सम्पन्न भएको गाउँ सभाबाट गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ को लागि रु ३५ करोड ५७ लाख ४० हजार बजेट सर्वसम्मत रुपमा पारित गरिएको छ । सवैभन्दा वढि पुर्वाधार विकासमा रु ६ करोड २० लाख ७ हजार वजेट विनियोजन गरिएको छ ।

त्यस्तै, सामाजिक विकासका लागि रु १ करोड ९२ लाख १५ हजार, आर्थिक विकासका लागि रु १ करोड ४० लाख ९१ हजार छुट्याइएको छ । वातावरण तथा विपत् व्यवस्थापनका लागि रु १ करोड २८ लाख १० हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु २ करोड ८ लाख ९६ हजार वजेट विनियोजन गरिएको छ । यसैगरी वित्तिय व्यपस्थापन तथा सुशासनतर्फ रु १२ करोड ८१ लाख र समपुरक बजेट ५ करोड विनियोजन गरिएको छ ।

सभाले घर घरमा स्वास्थ्य सेवा पु¥याउने विशेष नीति तथा कार्यक्रम समेत पारित गरेको छ । जिल्लाका बाढी प्रभावित तथा गरिबी, अशिक्षा र स्वास्थ्य सेवामा न्युन पहुँच भएका त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष नीति तथा कार्यक्रम सञ्चालन गर्ने नीति सार्वजनिक गरेको हो ।

प्रत्येक घरका बालबालिकालाई कक्षा १० सम्म अनिवार्य पढाउने, निशुल्क स्वास्थ्य उपचारका लागि सबैलाई स्वास्थ्य कार्ड वितरण गर्ने काम प्रमुख प्राथमिकतामा राखेको छ । ५ वर्षभित्र हरेक घरका नागरिकलाई परीक्षण सहितको स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिएकाले छ । यसै वर्षदेखि वजेट विनियोजन गरी कार्य थालिएको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।

चौधरीले भन्ने–‘स्वास्थ्य प्रयोगशाला व्यवस्थापनका लागि एक करोड छुटाइएको छ, स्वास्थ्य सेवासँगै शिक्षाको प्याकेज पनि सञ्चालन गरिनेछ, गाउँ सभाले संस्थागत क्षमता विकास, सामाजिक विकास कृषि, पशु र वन तथा वातावरण क्षेत्रलाई पनि पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरेको छ’ ।

बाढी प्रकोप व्यवस्थापनका लागि हरेक वडामा वाढी प्रभावित व्यक्तिहरुका लागि ठुलो आश्रय स्थल निमार्णका लागि विशेष बजेट छुटाइएको प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए ।

पर्यटन विकासको लागि राम्रो सम्भावना रहेको त्यस क्षेत्रको झोरा जंगल र कम्दीको जंगललाई पिकनिक स्पोर्ट निमार्ण गरिने योजना रहेको छ भने ऐतिहासिक रुपमा रहेको राप्ती नदीमा वार्षिक रुपमा लाग्ने दुई वटा मेलामा स्नान गर्ने श्रद्धालहरुलाई स्नान स्थान तथा व्यवस्थापन गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार