महिला मानवअधिकार रक्षक संजाल गठन



नेपालगञ्ज, ३० कात्तिक/   बाँकेको खजुरा गाउँपालिकामा बुधबार महिला मानवअधिकार रक्षक संजाल गठन गरिएको छ ।

जसमा अध्यक्ष कोपीला कडेल, उपाध्यक्षमा लिला विक, सचिवमा प्रेम कुमारी हरिजन, कोषाध्यक्षमा लक्ष्मी रेग्मी आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा अनिता कार्की, सुनिता शाही, दिलमाया विक, आशा केसी, मनभुजा काउचा,शितला खत्री, इन्दा कुमारी बुढामगर, धना खत्री, ज्ञानु खत्री लगायतका रहेका छन् ।

संजाल गठन पश्चान महिला मानवअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले लैंगिक हिंसा न्युनिकरणका उपाय, महिला मानवअधिकार रक्षक भनेको के हो ? उनीहरुका चुनौती केके हुन ? कस्ता व्यक्ति महिला मानबधिकार रक्षकको सदस्य बन्न सक्छन ? महिला मानवअधिकार रक्षक बन्न किन आवश्यक छ ? लैंगिक हिंसा न्युनिकरण कसरी गर्न सकिन्छ ? लैंगिक हिंसा हुनुका कारण समाधाका उपाय राजनीतिमा महिला हिंसा जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन् ।

यसैगरी महिला मानवअधिकार रक्षक संजालका पर्व अध्यक्ष शोभना मिश्र र सीविन नेपालका आशा श्रेष्ठले बालअधिकारका विषयमा सहजीकरण गरेका थिए । प्लान नेपाल, महिला मानवअधिकार रक्षक संजाल, सिविन नेपाल, जानकी थियो । तालिममा २८ जना महिलाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार