कोहलपुर, २९ कात्तिक/ संयुक्त वामगठबन्धनले कोहलपुर नगरपालिका–५ मा बुधबार वडा कार्यालय स्थापना गरेको छ ।
कार्यालयको बाँके क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर गहतराज र प्रदेश सभा ‘ख’ की उम्मेदवार आरती पौडेलले संयुक्त रुपमा गरेका थिए । चुनावी अभियानलाई प्रभावकारी बनाउनका लागि वडा–वडामा कार्यालयहरु राख्न थालिएको जिल्ला निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
कार्यक्रममा तिलकसिंह कार्कीको संयोजकत्वमा ८५ सदस्यीय वडा निर्वाचन प्रचार प्रसार समिति समेत गरिएको छ ।
जसको सह–संयोजकमा कमल अधिकारी र सचिवमा शिव कुमार सुनार रहेका छन् । कार्यक्रममा वसन्ती अधिकारी, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे (जेम्स), अब्दुल हुसेन खाँ, भारती खनाल, तुलाराज विष्ट, तेज प्रसाद चापागाई लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार








प्रतिक्रिया दिनुहोस्