बाँसगढीमा कबड हलको निर्माण कार्य अन्तिम चरणमा



रावन बिश्वकर्मा : बर्दिया, २९ कात्तिक/  बर्दियाको बाँसगढीमा निर्माणाधिन बहुउदेश्यीय कबड हल(ट्रष्ट) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बाँसगढी नगरपालिकाको मुख्य सहयोग र सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, उद्योगी, व्यापारी लगायत सबैको सहयोगले नमूना बहुउदेश्यीय कबड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको कम्पाउण्ड भित्र बर्दिया जिल्लाकै नमुनाको रुपमा निर्माण भईरहेको ट्रष्टको ठेक्का गौतम ईन्जिनेरिङ कोहलपुरले लिएको छ । गौतम ईन्जिनेरिङ कोहलपुरबाट ट्रष्ट निर्माणको जिम्मा पाएका गंगा चौधरीका अनुसार करिब २ हप्ता भित्र ट्रष्ट निर्माणको काम सकिने बताए ।

कबड हलको बाँसगढी उद्योग वाणिज्य संघको अगुवाई र ईलाका प्रहरी कार्यालय मोतिपुरको सक्रियतामा गत जेठ १४ गतेदेखि निमार्ण कार्यको सुभारम्भ गरिएको बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा कबड हल निर्माण समितिका अध्यक्ष कटक विसीले बताए ।

योग शिविर सञ्चालन, ब्याटमिनटन, टेबल टेनिस, मार्सलआर्ट प्रशिक्षण, सभा सम्मेलन लगायत बहुउदेश्यीय कार्यको लागि बर्दिया जिल्लामै नमुनाको रुपमा बहुउदेश्यीय कबड हल निर्माण गर्न लागिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार