कविन्द्र परियार : कोहलपुर,२८ कार्तिक
कुनै बेला विवाह, उत्सव तथा समारोहमा घन्किने पञ्चेबाजा बढ्दो आधुनिकतासँगै हराउन थालेका छन । प्रविधिको विकाससँगै विभिन्न विद्युतिय संगितका वाद्यवादन सामाग्री आउने थालेपछि पछिल्लो समयमा मौलिक बाजाहरु हराउन थालेका हुन् ।
कुनै पनि उत्सव, समारोह, विवाह लगायतमा मौलिक बाजाको सट्टामा आधुनिक प्रविधिका बाजा प्रयोग हुन थाले पछि मौलिक बाजाहरु ओझेलमा परेको सम्वद्धहरुको भनाइ छ । पञ्चेबाजा मात्र होइन मध्य र सुदुरपचिमाञ्चलमा बजाइने मादल, सारङ्गी, दमाह, सहनाई जस्ता मौलिक बाजाहरु प्रयोग छोडेका छन् ।
पहिले त थुप्रै उत्सवमा बाजाहरु बजाउथियौं तर अहिले डेक तथा डिजेका कारण कसैले पनि बाजा बजाउने भन्दैनन् राप्तीसोनारी बाँकेका लोक बहादुर परियारले बताए । बजाउने माग नहुने हुदा वाजा समेत बेचिसकियौं परियारले भने । त्यस्तै मादल बनाउदै आएका राप्तीसोनारी–२ का शंकर नेपाली भने जस्तो पारिश्रमिक नपाए पछि मादल बनाउने पेशा छोडेर ई– रिक्सा चलाउन थालेको बताए । मादल बनाएपनि किन्न आउदैनन् आए पनि दुख अनुसारको पारिश्रमिक दिदैनन् उनले भने ।
विगत २७ वर्षदेखि वाद्यवादन बजादै आएका बैजनाथ–५ बाँकेका सन्त कुमार विकले वाद्यवादकको सिपको कदर नभएका कारण वाद्यवादक पलाएन हुन परेको र मौलिक बाजाहरु पनि हराउदै गएको बताए । वाद्यवादक हरुको सिपको कदर भयो भने मौलिक बाजाहरुको पनि सरक्षण हुन्छ उनले भने । त्यस्तै कुशल संगितकार तथा वाद्यवादक केशव बडुले पछिल्लो समयमा विद्युतिय संगितका कारण मौलिक बाजाहरु ओझेलमा पर्दै गएको बताए ।
कुनै पनि गितमा संगित भर्दा विद्युतिय बाजा भन्दा हाम्रा मौलिक बाजाहरुको प्रत्यक्ष संगित भर्दा निकै राम्रो हुन्छ’ उनले भने । सबै मिलेर मध्यपश्चिम क्षेत्रका गहनाका रुपमा रहेका मौलिक बाजाहरुको संरक्षण गर्नुपर्ने बडुको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्