चितुवाको छालासहित एकजना पक्राउ



कैलाली ।

कैलालीबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन् ।

उनलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बरामद गरिएको छाला चार फिट चार इन्च लम्बाई र एक फिट १० इन्च चौडाइको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीसहित छालालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार