गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुुर शाहीले देश तथा विदेशमा खुला व्यायामशालाको सफल प्रयोगलाई मध्यनजर गर्दै गाउँपालिकामा योजना लागूू गरिएको बताए । उनका अनुसार वडा नम्बर १ र ६ मा खुला व्यायामशालाका लागि संरचना निर्माण सम्पन्न भइसकेको छ । बाँकी वडामा व्यायामशालाका लागि कुल १ करोड २० लाख रूपैयाँँ विनियोजन गरिएको छ ।
कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिकाले प्रत्येक वडामा खुला व्यायामशाला निर्माण गर्ने भएको छ । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै गाउँपालिकाले सबै वडामा खुला व्यायामशाला निर्माण गर्ने भएको हो । सोमबार बसेको बैजनाथ गाउँपालिकाको निममित हिउँदे गाउँ सभा (१७औँ अधिवेशन) वडा नम्बर १ देखि ८ सम्म प्रत्येक वडामा खुला व्यायामशाला निर्माण गर्ने नीति स्वीकृत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुुर शाहीले देश तथा विदेशमा खुला व्यायामशालाको सफल प्रयोगलाई मध्यनजर गर्दै गाउँपालिकामा योजना लागूू गरिएको बताए । उनका अनुसार वडा नम्बर १ र ६ मा खुला व्यायामशालाका लागि संरचना निर्माण सम्पन्न भइसकेको छ । बाँकी वडामा व्यायामशालाका लागि कुल १ करोड २० लाख रूपैयाँँ विनियोजन गरिएको छ ।
‘खुला व्यायामशालाको नीति गाउँ सभाबाट पारित भएको छ । त्यसका लागि बजेटसमेत विनियोजन गरिएको छ । अब गाउँपालिकाले खुला व्यायामशाला सञ्चालन गर्छ,’ अध्यक्ष शाहीले भने । बैजनाथबासीको गुुनासो र चाहनालाई मध्यनजर गर्दै जिल्लामै पहिलोपटक स्थानीय सरकारले खुला व्यायामशाला निर्माणका लागि नीति पास गरेको उनको भनाइ छ ।
व्यायामशालाबाट गाउँपालिकाका युुवा, पुुरुष, महिला, ज्येष्ठ नागरिक र बालबालिकासमेत लाभान्वित हुने उनले बताए । स्वथ्य बैजनाथबासी बनाउने उद्देश्यले व्यायामशालाको अवधारणा ल्याइएको गाउँपालिकाको दाबी छ ।
यस्तै, जनसंख्या र भूगोलका हिसाबले ठूूलो रहेको गाउँपालिकामा भूू–उपयोगको समस्यालाई मध्यजर गर्दै गाउँपालिकाले भूू–उपयोग नीति पारित गरेको छ । राजस्व असुुलीमा देखिएको समस्या समाधान, उक्त कार्यलाई प्रविधिमैत्री बनाउनका लागि भू–उपयोग नीतिसँगै डिजिटलाइजेसन गर्न अनलाइनका माध्यमबाट सबै काम गर्न सकिने गरी नीति ल्याइएको छ ।
अबको ६ महिनाभित्र स्थलगत निरीक्षण, जग्गा वर्गीकरणका लागि गाउँ सभामार्फत ४० लाख रूपैयाँँ विनियोजन गरिएको अध्यक्ष शाहीले बताए । सो कार्यका लागि गाउँपालिकाले भूू–उपयोग नीति पारित गरेको छ । भू–उपयोग जग्गा वर्गीकरणसम्बन्धी नीति स्वीकृत गरेको छ ।
चालूू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना र विनियोजित बजेटलाई खर्च गर्न तथा कानुुनी प्रक्रियाका लागि ५ बर्र्से शिक्षा योजनासम्बन्धी नीति पास गरिएको छ ।
उनले भने, ‘बैजनाथलाई आर्थिक समृद्धितिर लैजान यी नीतिले भूूमिका खेल्नेछन् । कर्मचारी र जनप्रतिनिधि मिलेर समृद्धिका लागि हातेमालो गर्नेछौँ । सबै नीति सर्वसहमतिमा पारित भएका छन् । यो कार्यान्वयनलाई ध्यान दिइनेछ ।’
गाउँ सभाले बाख्रा डुुँढ ठेक्का रद्द गरेको छ । यसैगरी वडास्तरका योजनामा थप योजना पारित गरिएको छ । गाडी खरिद रकम, कृषि एम्बुलेन्स मर्मत तथा अपग्रेड गरिएको छ । किशोरी आत्मरक्षा तालिम, कक्षा ८ को वृद्धि परीक्षा व्यवस्थापन, सरसफाइ कार्यक्रमअन्तर्गत डस्टबिन र स्ट्यान्ड खरिद, अत्याश्वयक औषधि खरिद, महिला स्वास्थ्य स्वयम्सेविकालाई अवकाश सम्मान कार्यक्रम, बैजनाथ थारूको मूूर्ति अनावरण गर्ने केही योजना तथा कार्यक्रम संशोधन गरिएको छ ।
त्यसैगरी, बजेट रकमान्तर, करार कर्मचारीको म्याद थप, सम्मान तथा पुरस्कारसम्बन्धी नियम र ५ बर्से नीति सम्बन्धी गाउँ सभाले निर्णय गरेको हो । हिउँदे गाउँ सभामार्फत गाउँपालिकाले २ करोड ४० लाख ६० हजार रूपैयाँँ रकमान्तर गरेको छ । यस्तै पूर्वाधारतर्फको बजेटमा नाम संशोधन गरिएको छ । संशोधनले नीति तथा कार्यक्रम र बजेट खर्च गर्न मद्दत पुुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।
बजेटमा चालूतर्फ विनियोजन गरिएको केही बजेट पुुँजीगततर्फका योजनामा रकमान्तर गरिएको उनले बताए । गाउँ सभामा सभाका अध्यक्षद्वारा प्रस्तुुत सबै प्रस्ताव सर्वसहमतिमा स्वीकृत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्