बाँके ।
नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कोहलपुर चौराहमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार भे१च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको थियो ।
सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई नेपालगन्ज पु¥याएर सुर्खेत फर्किदैँ गरेको एम्बुलेन्स दुर्घटना भएको हो ।
घाइतेलाई नेपालगन्ज पु¥याएर फर्किने क्रममा अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटना भएको डिएसपी भण्डारीले जानकारी दिए ।
सो दुर्घटनामा एम्बुलेन्स चालकसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगन्ज रिफर गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्