लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन प्रस्थान



बाँके ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सको ५ः५५ बजेको फ्लाइटमार्फत त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते अन्र्तराष्ट्रिय सम्मेलन हुँदै छ ।

सोही सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा सहभागी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार