नेपालगञ्ज, २१ कात्तिक/ बासको आयोजनामा महिला आत्मसुुरक्षा सम्वन्धी अभिमुखीकरण तालिम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । महिला हिँसा बढिरहेका बेला महिलाहरुलाई आत्मसुरक्षा बारे सचेत गराउनका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।
महिला आत्मसुरक्षा विशेषज्ञ गिरी बहादुर सुनारले सहजिकरण गरेको तालिममा महिला हिँसा, हिँसाका कारण, प्रकार, परिणाम, महिला हिँसाको अवस्था, महिला असुरक्षा, महिला सुरक्षाका लागि स्वयं महिलाहरुले खेल्ने भूमिका, आत्मसुरक्षा, आत्मसुरक्षाका प्रकारहरुका बारेमा प्रशिक्षण दिइएका थियो ।
अभिमुखीकरण पश्चात प्रतिक्रिया दिँदै तालिमकी सहभागी अछरी पोख्रेलले तालिम व्यवहारिक र प्रभावकारी भएको बताइन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले अभिमुखिकरण सञ्चालन गरेका थिए ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, सामाजिक परिचालक, सञ्चारकर्मी, सँघ, सँस्थाका महिला प्रतिनिधि, स्वयंसेवकहरु गरी ५० बढिको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्