कैलाली ।
कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । ३३ ग्राम बढी लागूऔषधसहित प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो ।
जिल्लाका विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडिको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदीप मौरे रहेका छन् । उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको थियो ।
अछाम चौरपाटी गाउँपालिका–१ स्थायी घर भई कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने प्रियंका होटेल सञ्चालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ ।
उनलाई तीन ग्राम तीन सय ८० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो । यस्तै कैलाली टीकापुर नगरपालिका–९ खग्रौला चेक पोस्ट नजिक लम्कीचुहा–१ बस्ने २२ वर्षीय उपेन्द्र साउदलाई पनि पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
उनलाई १९ ग्राम ६८० खैरो हेरोइन र लम्कीचुहा–२ मोतिपुर बस्ने २० वर्षीय रोशन शाहीलाई २ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । पक्राउ परेका सबै जनालाई कैलाली जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्