राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु



दाङ ।

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार बिहीबार दिउँसो घरबाट राप्ती नदीमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–२ रनियाँपुर गाउँका १२ वर्षीया झरना चौधरी, निशा चौधरी, गढवा गाउँपालिका–४ खडकपुर घर भई हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीया कृष्टि चौधरी रहेका छन् ।

तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले जानकारी दिए ।

मृतक कृष्टि गोरखा मोडेल सेकेन्डरी स्कुल लमही कक्षा ८ मा, झरना राप्ती गाउँपालिकाको पत्थर गढवास्थित मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत गर्दथे ।

मृत्यु बालिकाहरूको शवलाई प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमका लागि लमही अस्पतालमा ल्याएको छ । उनीहरूको शवलाई पोस्टमार्टम गरेर आफन्तहरूलाई जिम्मा लगाइने वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ९ गते शुक्रबार