सुर्खेत ।
कालिकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक रूपन्देहीको बुटवल–१३, का हुमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले बताए ।
सुर्खेतबाट जुम्ला जाँदै गरेको लु१क ३९३० नम्बरको मिनी ट्रक कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–६ खल्ला भन्ने ठाउँमा शनिबार अपरान्ह दुर्घटनामा भएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएको डिएसपी रावतले जानकारी दिए ।
प्रहरीका अनुुसार दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रावतले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्