मासुका लागि खसी–बोका कसरी छान्ने ?



हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ । खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अंग मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

लक्ष्मणप्रसाद भण्डारी ।

हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडा दसैँैं सुरु भएको छ । यो पर्वमा नयाँ–नयाँ लुगा लगाउने र आफ्नो मनोकामना पूर्तिका लागि सिङ्गै खसी, राँगा, कखुरा, कोट, देवी देउराली, मठहरूमा बलि दिने र त्यो मासुलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ ।

चाडपर्व मनाउँदा खानपानमा ध्यान नपु¥याउँदा या स–साना लापरबाहीले गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउँछ । त्यसैले दसैँैंमा मासुका परिकार बनाउँदा सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न जान्नु पर्दछ ।

मासु एक पौष्टिक आहार हो जसमा १४ देखि २० प्रतिशत प्रोटिनको साथै जिंक, भिटामिन बी, पोटासियम जस्ता तत्व पनि पाइन्छन् । मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन ।

हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ । खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अंग मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

मासु सँगसँगै हरियोपरियो साग, मूला पनि प्रयोग गर्ने हो भने पाचनक्रियामा सहजता त ल्याउँछ नै थोरै मासु खाएर शरीरलाई चाहिने धेरै तत्व प्राप्त गर्न सकिन्छ ।

मासुका लागि खसी–बोका कसरी छान्ने त ?

हेर्दै नाम्ले परे जस्तो अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बसेको साथै फनफनी घुम्ने खसी बोका छान्नु हुँदैन । बजारमा काटेको मासु हलुका गुलाबी रङको छ भने सम्झनुहोस् त्यो प्रयोग गर्न लायक छैन ।

यदि मासु हरियो तथा प्याजी रङको भएको छ भने त्यो खानयोग्य मानिँदैन । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन । मासु काट्दा र समाउँदा च्यापच्याप लाग्ने तन्केको जस्तो हुनु हुँदैन ।

मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, तराजु र लगाएको पोसाक सफा छ÷छैन ध्यान दिनुपर्छ ।
मासु भण्डारण कसरी गर्ने त ?

काँचो मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन छोपेर राख्नु पर्दछ । कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुने तरल पदार्थ फ्रिजमा सर्कुलर हावामार्फत् तल्लो सतहमा झर्न सक्छ ।

तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका (छुट्टयाइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा) हुन्छन् । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

तपाईंको घरमा फ्रिज छैन र ३–४ घन्टापछि पकाउनु छ भने तोरीको तेल, अदुवा, लसुन, नुन, बेसार लगाएर राख्दा उपयुक्त हुन्छ साथै स्वादिष्ट पनि हुन्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

  • दसैँैं भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृत्ति हो । स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
  • फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानुहोस् ।
  • बासी तथा खुला स्थानमा राखेको मासु नखाने ।
  • काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने ।
  • राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने । हामीमा मासु पखाल्नु हुन्न भन्ने मान्यता छ त्यो गलत हो ।
  • बोसो तथा छालारहित मासुको प्रयोगमा बढी जोड दिने ।
  • मसला तथा तेलीय पदार्थ थोरै प्रयोग गर्नुहोस्, लसुन, अदुवा र हरियो खुर्सानी प्रयोग गर्नुहोस् ।
  • मासु खाँदा सलाद, मूला, सलादपात र पुदिना बढी प्रयोग गर्नु राम्रो मानिन्छ जसले पाचनक्रियामा सहजता ल्याउँछ ।
  • मासु खानेबित्तिकै आइसक्रिम, दूध, दही, क्रिमका परिकार खानु उचित हुँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार