बर्दिया, २० कात्तिक/ पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै वागीको रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बर्दिया क्षेत्र नं.१ ‘क’ का उम्मेदवार खडक बहादुर खड्काले उममेदवारी फिर्ता लिएका छन् ।
खड्काको उम्मेदवारी फिर्तासँगै वाम गठवन्धनलाई चुनाव जित्न सजिलो भएको एमालेका नेता बताउँछन् । सो क्षेत्रमा वाम गठवन्धनको तर्फबाट कविराम थारु उम्मेदवार रहेका छन् ।
क्षेत्र नं.१ एमालेका वरिष्ठ नेता वामदेव गौतमको क्षेत्र पनि भएकोले लामो छलफल र पार्टीको अनुरोध पछि खड्काले सहजरुपमा आफनो उम्मेदवारी फिर्ता लिएको नेकपा एमाले जिल्ला कमिटी सचिव शालिकराम अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ कात्तिक २० गते सोमबार









प्रतिक्रिया दिनुहोस्