कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र प्रगतिशील व्यावसायिक समूहका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरिएको छ ।
संघको एसोसिएट सदस्यमा मनोनयन दर्ता गरेका दिपेश खनालको उम्मेदवारीमा फर्म दर्ता नभएको उजुरी परेपछि उनीबाहेकका सबै उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको छ ।
खनाललाई निर्वाचन समितिले आज अपराह्न ४ बजेसम्म फर्म दर्ताको आधिकारिक प्रमाण पेस गर्न निर्देशन दिएको छ । निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ ।
आज नै ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । २० गते आइतबार उम्मेदवारलाई नमुना मतपत्र वितरणको काम हुनेछ । कात्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचार प्रसारको अवधि तोकिएको छ ।
कात्तिक ३ गते बिहान ८ बजेदेखि मध्यान्ह्र ४ बजेसम्म मतदानको समय तोकिएपनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग बाणिज्य संघकै कार्यालयमा हुनेछ ।
निर्वाचन समितिका अनुसार प्रगतिशील व्यावसायिक समूहले अञ्जना धितालको नेतृत्वमा र लोकतान्त्रिक व्यावसायिक समूहले प्रदीप भट्टराईको नेतृत्वमा उम्मेदवारी दिएका छन् ।
अन्जना धितालको समूहबाट वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र काफ्ले, उद्योगतर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपालप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सहकोषाध्यक्षमा टंकप्रसाद खनाल छन् ।
त्यसैगरी, सदस्यका लागि ढकबहादुर थारू, कृष्णबहादुर रानाभाट, रविप्रसाद कर्माचार्य, मोतीप्रसाद सुवेदी, भानुराज उपाध्याय, परिर्वतन विश्वकर्मा, राजीव शर्मा, खगेन्द्रबहादुर शाही, अंकित सिग्देल र एकबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
यो समूहबाट एशोसियटतर्फ दिपेश खनाल तथा महिला सदस्यमा अस्मिता केसी र प्रतिभा खड्का उम्मेदवार रहेका छन् ।
यस्तै, लोकतान्त्रिक व्यावसायिक समूहले प्रदीप भट्टराईको नेतृत्वमा मनोयन दर्ता गरेका हुन् ।
सो समूहबाट वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।
त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् ।
एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्