कोहलपुर ।
राप्ती सोनारी गाउँपालिकाले बाल दिवसको अवसरमा आयोजना गरेको आधारभूत तह हस्तलेखन र माध्यमिक तहको चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
आधारभूत तह अंग्रेजी र नेपाली हस्तलेखन तथा माध्यमिक तहको चित्रकला प्रतियोगिता नतिजा गाउँपालिकाले सोमबार सार्वजनिक गरेको थियो । आधारभूत तहको हस्तलेखन प्रतियोगितमा चिल्डे«न प्याराडाइज ईमी स्कुलमा कक्षा–७ मा अध्ययनरत प्रतिक्षा थारू प्रथम, शमशेरगन्ज ईमी बोर्डिङ स्कुलमा कक्षा–५ मा अध्ययनरत कपिल बुढाथोकी दोस्रो र सहिद स्मारक आधारभूत विद्यालयमा अध्यनरत भूमिका वली तेस्रो भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।
त्यस्तै, माध्यमिक तहको चित्रकला प्रतियोगितामा शिवशक्ति माविमा कक्षा–११ मा अध्ययनरत रोजिना थारू प्रथम, सिद्धेश्वर माविमा कक्षा–१० की छात्रा गरिमा परियार दोस्रो र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत मनीषा थारूले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
विजेताहरूलाई केही समयपछि एक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरिने राप्ती सोनारी गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्