बर्दिया , १६ कात्तिक/ बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सो नगरपालिकालाई जिल्लाकै नमूना नगरपालिकाको रुपमा विकास गर्ने बताएका छन् । आठ वटा स्थानीय तह रहेको बर्दिया जिल्लामा २ वटा गाउँपालिका र ६ वटा नगरपालिका रहेका छन् ।
६ नगरपालिकामध्ये बाँसगढीलाई आफ्नो कार्यकालमा उत्कृष्ट नगरपालिका बनाउने योजनाका साथ काम गर्न थालेको अधिकारीको दावी छ । आफूले पदभार ग्रहण गरेपश्चातका सय दिनमा बाँसगढी नगरपालिकाले गरेका नीतिगत, योजनागत कामहरु, सेवाग्राहीलाई सुविधाको निम्ति गरेका काम कारवाहीको बारेमा नगरप्रमुखको भनाइ सहितको अन्तर्वार्ता र सय दिनमा गरेका काम निम्न अनुसार तल बुँदागत रुपमा उल्लेख छन् ।
नगरपालिकाको प्रथम नगर सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको ।
नगरपालिकाको प्रथम नगर सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको ।
नगर सभाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको ।
स्थानीय तह सञ्चालन सम्वन्धी आवश्यक पर्ने कानून, ऐन, कार्यसम्पादन र कार्यविभाजन नियमावली, नगर सभा तथा नगर कार्यपालिका सञ्चालन सम्वन्धी नियमावली निर्माण भएका ।
विषयगत समितिहरु निर्माण भएका ।
बाढीपीडितलाई उद्धार तथा राहत वितरण गरिएको ।
बाँसगढी बजारलाई व्यवस्थित गर्न नयाँ टेन्डर प्रक्रियाका निम्ति डिपिआर बनाउने काम भएको ।
वडा कार्यालयहरु स्थापना गरिएको ।
थारु भाषामा नागरिक वडापत्र लेख्ने काम शुरु गरिएको ।
सामाजिक सुरक्षा भत्ता अनलाईन मार्फत वितरण शुरु गरिएको ।
नगरपालिकाको छुट्टै वेव पोर्टल bansgadhimun.gov.np खडा गरिएको ।
नगरपालिकाका सबै काम, योजना, गतिविधि, प्रगति विवरण आदि सबै वेव साईडमा जो कोहीले हेर्न पाउने व्यवस्था गरिएको ।
योजनामा सहकार्यका लागि बडघर, गुरुवा, उद्यागी, व्यापारीसँग समन्वय र सहकार्यको नीति बनाइएको।
शिक्षा, सहकारी, स्वास्थ्य, कृषि, गैरसरकारी संस्था परिचालन सम्वन्धी सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफलहरु गरी सुझाव लिएका छौं र सोही सुझावका आधारमा कार्ययोजना निर्माण भइरहेका ।
छाला सम्वन्धी विशेषज्ञ चिकित्सक सेवा सहितको स्वास्थय शिविर सञ्चालन गरिसकेका छौं भने एक महिना भित्रै जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइएको ।









प्रतिक्रिया दिनुहोस्