राँझामा रोकिइराखेको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



बाँके ।

नेपालगन्ज–कोहलपुर सडक खण्डको राँझा चोक नजिकै रोकिइराखेको ट्याक्टरमा जोडिएको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझा चोक नजिकै सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्याक्टरमा जडित धानको थ्रेसरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार वाल्मिकीको मृत्यु भएको हो ।

बिहीबार राति दुर्घटनामा परेर घाइते भएका वाल्मिकीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार