बाँके ।
समस्याग्रस्त पाटेबाघको पहिचान गर्न बर्दियाको खाता जैविक मार्गमा राखिएका ट्रयापिङ क्यामेराहरू हटाइएको छ । चार दिनसम्म पाँच वटा ट्रयापिङ क्यामेराहरू राख्दासमेत पाटेबाघ नदेखिएपछि हटाइएको हो ।
अन्यत्र गएका कारण पाटेबाघ क्यामेरामा नदेखिएको जानकारी वनका कर्मचारीले दिएपछि हटाइएको खाता रेन्ज पोष्टले जनाएको छ ।
पाटेबाघ पहिचान गरी नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्ज पठाउने तयारी रहे पनि क्यामेरा अगाडि नपरेको खाता रेन्ज पोष्टका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिए ।
समस्याग्रस्त बाघ अन्यत्र गएको जानकारी आएपछि क्यामेरा हटाइएको उनले बताए । गत भदौ २२ मा मधुवन नगरपालिका–३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरको पाटेबाघको आक्रमणमा मृत्यु भएको थियो ।
पाटेबाघले ज्यान लिएपछि उक्त क्षेत्र अहिले आतंकित छ । खाता जैविक मार्गमा चार वर्षयता बाघ आक्रमणमा १३ जनाको मृत्यु भएको खाता रेन्ज पोष्टले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्