संविधान वाचन गर्दै कोहलपुरमा मनाइयो संविधान दिवस



कोहलपुर ।

‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउनेछौँ’ भन्ने नाराका साथ कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले संविधान वाचन गरी आज नवौँ संविधान दिवस मनाएको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले संविधान वाचन गर्दै संविधानमा उल्लेख गरिएको हकअधिकारका विषयमा आम जनसमुदाय जानकार हुनुपर्ने बताए । संविधानले दिएको मौलिक हक अधिकारको प्रयोग गरी सचेत नागरिकको पहिचान दिनुपर्ने उनको भनाइ थियो ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला अधिकारलागयत विभिन्न अधिकार संविधानमा लिपिबद्ध भएको भन्दै यसका विषयमा सबै सचेत हुनुपर्ने बताइन् ।

यस्तै, कार्यक्रमा बोल्दै कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालका संस्थापक अध्यक्ष रमेश वरले संविधानले दिएको हकअधिकारको संरक्षण गर्दै आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताए । दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार