बाँके ।
गोरूको एक क्विन्टल बढी मासुसहित प्रहरीले खजुराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौली खजुराबाट खटिएको टोलीले गोरूको मासुसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
खजुरा गाउँपालिका–८ रनियापुरबाट १ क्विन्टल बढी गोरूको मासुसहित एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए ।
उनका अनुसार गोप्य सूचनाका आधारमा बुधबार बिहान गोरूको टाउकोसहितको मासु, मासु ढुवानी गर्ने सवारी साधन र एक जना मासु कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरिएको थियो ।
यसअघि समेत धनौली प्रहरीले गोरूको मासुसहित पटक–पटक केही व्यक्तिहरूलाई पक्राउ गरेर मुद्दासमेत चलाइसकेको छ ।
प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्