नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामीसहितका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । महासचिवको मतगणना विवादमा परेपछि हाल न्यायिक प्रक्रियामा गएका कारण महासचिवबाहेकको पदस्थापना भएको हो ।
पदस्थापनापछि बोल्दै अध्यक्ष टंकबहादुर धामीले उद्योगी, व्यवसायीका पक्षमा दृढतापूर्वक उभिने बताएका छन् । उनले चुनावमा अघि सारेका नाराहरू व्यवहारमा कार्यान्वयन गर्ने पनि बताए ।
संघको अध्यक्षमा टंकबहादुर धामीसहित चिरञ्जीवी ओली प्रथम उपाध्यक्ष, हरिलाल न्यौपाने द्वितीय उपाध्यक्ष, मन्दिरा पाण्डे महिला उपाध्यक्ष, टेकबहादुर खड्का उपमहासचिव र मख्खनबहादुर धामी कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै, सदस्यमा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, शिवप्रसाद दहाल, इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, युवराज ढकाल, बुद्धिबहादुर बिके, सन्तोषकुमार पौडेल र टीकामणि उपाध्याय रहेका छन् ।
त्यस्तै, एसोसिएट सदस्यमा कमलकुमार कार्की, प्रदीपकुमार गुप्ता रहेका छन् । सम्बद्ध सदस्यमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ चुनिएका छन् ।









प्रतिक्रिया दिनुहोस्