बाँके ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट नगद तीन लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । सोमबार सशस्त्र प्रहरीले तीन लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
भारत घर बताउने ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको थियो ।
भारतबाट यूपी ३२ एल एच ३७०४ नम्बरको मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लिखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले पक्राउ परेका अहमद, बरामद रुपैयाँ र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्