‘अतिक्रमण हटाउनु अघि बसोबास गर्नेलाई बिकल्प देउ’



बाँके ।

कोहलपुर क्रिकेट मैदान क्षेत्रबाट अतिक्रमण हटाउने सर्वपक्षीय र सर्वदलीय निर्णयलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध जनाएको छ । त्यहाँ बसोबास गर्नेलाई उचित व्यवस्थापन गर्नुपर्ने उसको माग छ । बिशाल खाँद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीयहरुलाई उचित व्यवस्थापन नगरी चालिने कदम आफुहरुलाई सह्यै नहुने बताइएको हो ।

यसअघि कोहलपुर नगरपालिकामा भएको सर्वपक्षीय र सर्वदलीय बैठकले कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको क्रिकेट मैदान वरपर अव्यवस्थित रूपमा निर्माण गरीएका घर टहरा हटाउने निर्णय गरेको थियो ।

भुमिहिन, सुकुम्वासीहरुको आवश्यक पहिचान नगरि नगरपालिकाले सर्वदलीय र सर्वपक्षीय बैठकको नाममा सात दिने सूचना निकाल्दै बल गरेर उक्त स्थानका घर टहरा हटाउन खोजेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोहलपुर नगरपालिकालाई चेतावनी दिएको हो ।

‘कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको शान्ति नगर बस्तीमा विभिन्न ठाउँहरुबाट लामो समयदेखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिकहरुको बसोबास रहेको अवस्थामा बस्तिलाई उचित व्यवस्थापन नगरि विस्थापित गर्ने तयारीका साथ स्थानीय सरकार र केही कथित राजनैतिक दल बसी वस्तिलाई जवरजस्ती उठाउने निर्णय गरेकाले यस निर्णयको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार