आफ्नो अस्ट्रेलियाको भिसा रद्द भएको खबर फैलिएसँगै गायिका समीक्षा अधिकारीले धारणा राखेकी छन् ।
बिहीवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको बताएकी छन् । सत्य तथ्य नबुझी आफूमाथि प्रहार भएको उनको आरोप छ ।
‘अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाई सकेकी छु । भएको यति हो’ उनले भनेकी छन् ।
उनले आफ्नो दिदी अस्ट्रेलिया नियममा रहेर त्यहाँ पढ्दै गरेको समीक्षाले बताएकी छन् ।
उनले लेखेकी छिन् ‘म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुटो हो । मलाई अहिले तीज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो । म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो । यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनुहुन विनम्र आग्रह गर्दछु ।’
प्रकाशित मिति : २०८० भदौ ७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्