चुलिमालिकामा कृषि सहकारीमाः वम



मिसन समाचारदाता, कोहलपुर, असोज ३०,  कोहलपुर–११ स्थित चुलिमालिका कृृषि सहकारी लि.को सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘‘दिगो विकास, लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नाराका साथ शनिबार सम्पन्न सभाले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । अर्गबहादुर वमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमति सर्वसम्मत चयन गरिएकोे हो । जसको उपाध्यक्षमा गणेश रिजाल, सचिवमा प्रेम सुवेदी, कोषाध्यक्षमा सरिता उपाध्यायरहेका छन् । त्यस्तै सदस्यहरुमा खडक बहादुर शाही, ज्ञान बहादुर महतरा, कमला सापकोटा, तिलक बुढा र कालुसिंह सुनार रहेका छन् ।
यसैगरी सभाले भानुराज उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति चयन गरेको छ । जसको सदस्यहरुमा रविलाल शर्मा र अलैची बुढा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २९ गते आइतबार