थारु समुदायमा ‘ट्याटु कल्चर’



बर्दिया ।

थारु समुदायमा ट्याटुलाई ‘गोधनी’ भनेर चिनिन्छ तर सामान्यतया वृद्ध महिलालाई टिकनिया भनिन्छ । थारु समुदायमा महिला र पुरुष दुवैमा ट्याटु बनाउने चलन छ । महिलाहरूले आफ्ना हात, खुट्टा, खुट्टा र छातीलाई प्राकृतिक पौराणिक कथाहरू र ऐतिहासिक घटनाहरूको प्रतिकात्मक डिजाइनले सजाउँछन् ।

अन्य चिन्हहरू केवल गहनाहरू जस्तै सौन्दर्यरूपले मनमोहक हेर्नका लागि थियो । यस समुदायमा नवजात शिशुको खुट्टा, हात वा छातीमा प्रायः चराहरूको डिजाइनसहित ट्याटु बनाइन्छ । यी ट्याटुहरू हिन्दू परम्पराअनुसार बनाइन्छ । आफ्नो शरीरमा ट्याटु खोपाउँदा स्वर्गमा स्थान मिल्ने उनीहरुको विश्वास छ ।

विवाह अघि मसी लगाउनु पनि उनीहरुको सौन्दर्य प्रक्रियाको एक हिस्सा हो । विवाहित थारु महिलाहरुका लागि ट्याटु अनिवार्य थियो र उनीहरुले विवाह गर्नुअघि आफ्नो खुट्टामा ट्याटु कोर्ने गर्दथे तोरीको तेल र गाईको गोबर थारु संस्कृतिमा ट्याटु छप्नको लागि कपडा सिल्ने सियो गोबर निमको पाट र काँडको रूपमा प्रयोग गरिने परम्परागत मलम रहेको बढैयाताल गाँउपालिका–५ कि मनतुरीया थारूले बताइन् ।

थारू महिलाहरूले एक अर्काले देखेर गोड्नीअर्थात ट्याटु छपाउने गर्ने गरेको बढैयाताल गाउँपालिका–५ कि सितारानी थारूले बताइन् । यसलाई टीका भनेर पनि चिन्ने गरेको थारूले जनाइन् ।

पहिला ट्याटु गाउँकै मानिसहरूले छाप्ने गरेका थिए । ट्याटु छापेबापत पहिलाको चलनअनुसार एकदेखि दुई रूपैयाँ लिने गरेका थिए । यसलाई छाप्नका लागि दियो बाले । काले मसी जस्तै बनाउने गरेका हुन्थे । पाँचदेखि सात सियो एउटै ठाउँमा बाँधेर शरीरमा विभिन्न किसिमका चित्रको अकार दिएर छाप्ने गर्थे । पहिला गाईभैंसीको गोबर लगाएर ट्याटु छापेर सफा गर्ने गरेका थिए ।

ट्याटु छपाएको देखेर रहर लाग्थ्यो अनि छपाएको बढैयाताल गाउँपालिका–५ का चन्द्री थारूले बताइन् । गाउँका बुढापाखाले भन्थे मर्ने बेला स्वर्गमा बास हुन्छ । ट्याटुमै विभिन्न जनावर र भाँडा कुँडाको डिजाइन् दिएर छपाएको बताइन् ।

पहिला गाउँका प्रायः सबैजनाले ट्याटु छपाउने गरेका बताइन् । समयमा महिला पुरूषले सांस्कृतिक र पौरतृक विश्वासले ट्याटु छपाउने गरेका हुन्थे तर आजकालका युवा युवतीहरूले फेसनको रूपमा लिएर महँगोमहँगो शुल्क तिरेर ट्याटु खोप्ने गरेको पाइन्छ । ट्याटु छपाएका मानिसहरूलाई सरकारी जागिर पाउन पनि असहज भएको पाइन्छ । सरकारले यता पनि ध्यान दिने कि ?

  • No tags available
प्रकाशित मिति : २०८० साउन २२ गते सोमबार