नेपालगन्जको न्यायिक समितिमा निर्वाचनः जसपा र माओवादीका उम्मेदवार विजयी



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिको सदस्यका लागि निर्वाचन भएको छ । दुई सदस्य चयनका लागि यहाँ आइतबार निर्वाचन भएको हो ।

उक्त निर्वाचनमा जसपाबाट कौशलकुमार धोबी, महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट रुमिता श्रेष्ठ विजयी भएका छन् ।

यस अघि गठन गरिएको न्यायिक समिति विवादित भएपछि पुनः निर्वाचन गरेर न्यायिक समितिमा सदस्य निर्वाचित गराइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २२ गते सोमबार