कोहलपुर (बाँके)
कोहलपुरमा मनोसामाजिक परामर्श तथा आत्महत्या न्युनिकरण एंवम् रोकथामका लागि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले गरेका थिए ।

समाजमा कुनै पनि नागरीकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ समग्र कोहलपुरको स्थानीय सरकार सजग र प्रतिवद्ध रहेको नगर प्रमुख आचार्यले बताएका छन् । अहिलेको प्रमुख दायित्व भनेको आम स्थानीय नागरिकको जीवन रक्षा गर्ने रहेको उनले बताए ।
समाजमा सचेतनाका कार्यक्रमहरु गरी युवाहरुलाई प्रोत्साहनमुलक कार्य गर्दै आएको उनले बताए । कार्यक्रमको सहजीकरण गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनु पर्ने बताएका छन् ।
त्यसका लागि पालिकाहरुले प्रहरीसँगपनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्ने उनको भनाई रहको छ । अहिले बढ्दै गएको आत्महत्याको दरलाई न्यूनीकरण गर्न सबैको सहभागितामा आमनागरिकलाई सचेत गराउने उद्देश्यले नगरपालिकासँग समन्वय गरी उक्त कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
जिल्ला स्तरीय समुदाय–प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको समेत उनले बताएका छन् । नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा यो कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आत्महत्या सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गर्न सकिने बताए ।
उक्त अवसरमा बोलदै कोहलपुर नगरपालिकाका नगर प्रहरी विर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्युनिकरणको सचेतनाका वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरेको जानकारी दिएका छन् ।
मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै सुरु हुने र आत्महत्या युवाहरूको मृत्युको प्रमुख कारण भएको बताएका छन् । यसमा स्थानीय नागरिक र अभिभावकको प्रमुख दायित्व हुने उनको भनाई रहेको छ ।









प्रतिक्रिया दिनुहोस्