भुइँमान्छेको कथा : परिवारका लागि आफ्ना रहर बिर्सिएका विक्रम



शुभाकर विश्वकर्मा
कोहलपुर–१३ खड्कवारका विक्रम विश्वकर्मा गायनमा रुचि राख्छन् । २१ वर्षीय विश्वकर्माको भविष्यमा राम्रो गायक बन्ने इच्छा छ । आर्थिकरुपमा विपन्न दलित परिवारमा जन्मिएका उनी बहुमुखी प्रतिभाका धनी छन् । उनी लोक, पप, आधुनिक गीत गाउन सक्छन् । कक्षा १२ सम्मको अध्ययन पूरा गरेका विश्वकर्मा परिवारको सपना पूरा गर्न आफ्नो रहर बिर्सिएर बस्न बाध्य भएको सुनाउँछन् ।


आधारभूत तह नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढेका उनले लक्ष्मी माध्यमिक विद्यालयबाट प्लस टुसम्मको अध्ययन पूरा गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले चाहेर पनि स्नातक तहको अध्ययन पूरा गर्न पाएनन् । घरको जेठो सन्तानसमेत रहेका विक्रम अहिले बेरोजगार छन् ।

‘बिहान साँझ छाक टार्न मजदुरी गर्नुपर्छ । परिश्रम गरेर जसरी पनि भोक टार्ने परिवारको सपना पूरा गर्न लागिपरेको छुँ । सोच त गायक बन्ने छ । तर परिवारको जिम्मेवारीले मजदुरी गर्छुँ,’ उनी भन्छन् ।

गीत संगीतप्रति उनको सानै उमेरदेखि रुचि थियो । सात–आठ कक्षा पढ्दादेखि नै आफूले गीत गुन्गुनाउन थालेको उनले बताए । जबजब उनी गीत गाउँथे सबैले भन्थे, ‘राम्रो गाइस् । भविष्यमा गायक बन्छस् ।’

शिक्षकहरुले समेत उनलाई हौसला दिने गरेका थिए, गीत गाउनको लागि । तर उनलाई म गाउन सक्छु जस्तो कहिल्यै लाग्थेन । त्यै पनि गुन्गुनाइरहन्थे विक्रम ।

रहरैरहरमा गीत गाउन थालेका उनी बिस्तारै गीत संगीततर्फ आकर्षित हुन थाले । एकातिर पढाइ, अर्र्कातिर गायक बन्ने रहर । अझ घरको अवस्थाको विरोधाभासमा उनको जीवन चलिरहेको थियो ।
कोरोनाका कारण लकडाउन भएपछि उनी बाँच्नका लागि संघर्ष गर्न थाले । त्यो बीचमा गायनतर्फ उनले ध्यानै दिएनन् । ‘दैनिक काम गरेर कमाएर खानुप¥थ्यो । लकडाउनले घरबाट निस्कनै नपाइने । मैले गायनलाई माया मारिदिए । बाँच्नकै लागि संघर्ष गर्नुप¥यो त्यतिबेला,’ उनी सुनाउँछन् ।

उनले दुई वर्ष गीत नै गायनन् । गरिबीका कारण भुइँतहबाट माथि उठ्न संघर्ष गरिरहेको उनको परिवार । रोजगारीको कुनै माध्यम नै छन । घरका सबै बेरोजगार छन् । आमा बुबाको ज्यालादारीले जिन्दगी चलिरहेको छ । उनलाई भने दुई वर्षको समयमा जीवन र उद्देश्य कतै छुटिरहेको जस्तो महसुस हुन्थ्यो ।

गीत संगीतबिना आफू अधुरो छु जस्तो भान हुने गरेको उनी बताउँछन् । स्वरमा सुमधुरपन, गायकीमा विविधता भएका उनलाई गीत संगीतले भने तानिरहयो ।
उनी भन्छन्, ‘मेरो लागि संगीत क्षेत्र नै हो उपयुक्त । योबिना म अघि बढ्दै सक्दिनँ । फेरि गाउँछुँ,’ उनलाई आफन्त र साथी भाइहरुले पनि ढाडस दिए । उनी गाउँमा जन्मिए । हुर्के, बढे । गाउँमै जिन्दगी व्यथित गरिरहेका छन् । कसरी राम्रो गाउ सकिन्छ भन्ने धाउन्नमा रहने उनी बाहिरी कुरामा खास्सै अपटेड नै हुँदैनन् ।

गलामा निखार ल्याउन उनी हरसम्भव प्रयास गरिरहन्छन् । उनलाई एउटा गीत रेकर्ड गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ । फेरि, उही त हो, गरिबीले उनको सपना र रहर दुवै छिनेको छ । भुइँतहमा हुर्किएका कमल झै रहेका उनले आफू अन्तर्वार्ता दिउँला । गीत गाउन पाउला भन्ने कुरा सपनामा पनि नसोचेको बताउँछन् ।

केही दिन अघिको कुरा हो । उनले मामा भन्ने गरेका कृष्ण रानाले तिमीले रेडियोमा गीत गाउनुपर्छ । अन्तर्वार्ता दिने हो । केही दिन अभ्यास गर भनेर सुनाए । उनी सुनाउँछन्, ‘त्यो कुरा सुन्दा म यति धेरै खुसी भए । म वर्णन नै गर्न सक्दिनँ,’ एक मनले खुसी भए । अर्कातिर डर पनि लाग्यो । कसरी गाउने होला भनेर ।

मिसन टुडे दैनिकसँगको कुराकानीमा पनि उनी निकै नर्भस देखिन्थे । किन भने जीवनमा पहिलोपटक आफ्नो रहर, सपना र सघंर्ष बारे कुरा गर्दै थिए, उनी ।

जीवनको पहिलो गीत : ‘नमुछे आमा दहिमा टिका’
उनी आफूले कक्षा ९ मा पढ्दा पहिलोपटक औपचारिकरुपमा धेरैजनाको साँझमा गीत गाएको सम्झन्छन् । गीत, थियो, ‘नमुछे आमा दहीमा टीका, नछारे जमरा, दैवले गर्दा छुटायो आमा आउँदिन फर्केर ।’
यही गीत हो, उनले पहिलोपटक गाएको । साथीसंगीहरु माझमा गीत गाउँथे, उनी । अहिलेसम्म्म कुनै पनि प्रत्यक्ष प्रतियोगितामा भाग भने लिएका छन् ।

पहिला उनको रुचिको विषय आधुनिक थियो । अहिले लोक दोहोरी गीतहरु मन पराउँछन् । उसो त सबै जनराका गीत गाउन सक्छन् उनी । विक्रमलाई सबैभन्दा धेरै मन पर्ने गायक प्रमोद खरेल हुन् । लोकदोहोरीमा रामजी खाँण, राजेश पायल राई, शिव परियारलगायत मनपर्ने गायकहरु हुन् ।

यत्तिकैमा उनले सुनाए, ‘पातको पत्ता छ नारान पानको पत्ता छ, मेरो मन त तिमी मै तिम्रो कता छ ।’ उनका परिवारमा आमा बुवा, भाइ र बहिनी छन् । उनी घरका जेठा छोरा हुन् । घरको आर्थिक हैसियत मैले आफ्नै लगानीमा गीत गाउन सक्ने छैन ।

आमा बुबाको चाहना छोरो गायक बनोस्, राम्रो प्रगति गरोस् भन्ने छ । तर अन्तिममा पैसा कै कुरामा अड्किन्छ सबै कुरा । यत्तिभन्दाभन्दै भावुक सुनिन्छिन् उनी । तेस्रोपटक विक्रमले सुनाए,‘लेखेको भाग्य मेटिँदैन, हत्केलाले सूर्य छेकिँदैन’
उनी शिक्षित बेरोजगार हुन् । उनी पढ्न चान्छन् । गायन क्षेत्रमा अघि बढ्न चाहन्छन् । परिस्थिति अनुकूल छैन । घरको आर्थिक अवस्थाकै कारण उनी अघि बढ्न सकेका छैनन् ।

उनी सबैलाई गायनमा सहयोग गरिदिन आग्रह गर्छन् । उनको गायनका लागि सहयोग गरिरहेका कृष्णराण विक्रम प्रतिभा भएको गायक बन्ने सम्भावना भएको व्यक्ति भएको बताउँछन् । उनका अनुसार उनी लुकेको प्रतिभा हुन् । यस्ता प्रतिभालाई सबैले प्रोत्साहन दिनुपर्ने उनी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार