शिवानी बिक
कोहलपुर नगरपालिका सिलकसेल एनिमिया तथा थालेसेमिया रोगलाई न्युनिकरणमा सक्रिय रुपमा लागेको छ । थारु समुदायमा बंशाणु गत लाग्ने सिकलसेल एनिमिया तथा थालेसेमिया रोग पछिल्लो समयमा कोहलपुरमा पनि देखा परेकाले यसलाई यसलाई न्युुनिकरण गर्नको लागि कोहलपुर नगरपालिकाले अहिले वडा स्तरमा अभियान संचालन गर्दै आएको छ ।
सिकलसेल एनिमिया र थालेसेमिया रोगको प्रचारप्रसार गरि न्युनिकरण गर्ने उदेश्य, बच्ने उपाय र यसबारे सचेतना जगाउने उदेश्यले कोहलपुर नगरपालकाले शनिबार कोहलपुर नगरपालिकाको १३ नम्बर वडामा कार्यक्रम संचालन गरेको छ ।

सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धि कोहलपुर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा अभिमुखी कार्यक्रम कोहलपुर वडा नम्बर १३ को सिम्री गाउँ संचालन गरेको हो ।
सिकलसेल एनिमियाका बिरामीलाई एक लाख रूपैया बराबरको निशुल्क स्वास्थ्य परिक्षण र औषधि उपलब्ध सेवा प्रदान गदैए अएकोले सेवा लिन कोहलपुर कनगरपालिका वडा नं। १३ का वडा अध्यक्ष डम्बर ब खड्काले थारु समुदायका नागरीकलाई जानकारी दिएका छन् ।

विवाह गर्नु अघि सिकलसेल एनिमिया चेकजाँच गराएर मात्र विवाह गर्न थारू समुदायका व्यक्तिलाई सुझाव दिएका छन् । थारू समुदायमा लाग्ने यो रोग उपचार गरेर निको नभए पनि स्वास्थ्य कर्मिहरूको परामर्श र आजिवन औषधिको सेवनबाट नियन्त्रण गर्न सकिने कोहलपुर नगर अस्पताल मेडिकल अधिकृत रवि शर्मा वाग्लेले जानकारी दिएका छन् ।
सिकल भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो उनले भने त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको उनले बताएका छन् ।
सिकलसेल एनिमिया सोसाइटी स्कास नेपालका अध्यक्ष प्रभ चौधरीले नियमिय सङ्क्रमण विरुद्ध खोप, नियमित रूपमा रक्तअल्पताको उपचार गराउनुपर्ने थारू समुदायका नागरिकहरूलाई जानकारी दिएका छन् ।
उनले सिकलसेल एनिमिया जुनसुकै उमेर समुहका व्यक्तिहरुलाई लाग्ने गरेको बताएका छन् । यो रोग लागे पछि हात, खुट्टा, शरिरका नशा, हार्डजोर्नीको दुखाई हुने गर्दछ जसले गर्दा आजीवन सम्म यो रोगले सताउने गर्दछ । सकलसेल एनिमिया र थालेसेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।
पछिल्लो समय यो रोग थारु समुदायका व्यक्तिलाई मात्र नभई अन्य समुदायका व्यक्तिमा पनि लाग्ने भएकोले कोहलपुर नगरपालिकाले परिक्षण सुरु गरेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका सिकलसेल एनिमिया रोगका फोकल पर्शन शिव गौतमले जानकरी दिएका छन् ।
यसअघि कोहलपुर नगरपालिकाले १,२,३,४,५,६,७,८,९,१०, १२, १४, १५ वडाका सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको अभियान संचालन गरीसकेको छ । सिकलसेल एनिमियाबाट नेपालको पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायका व्यक्तिहरू प्रभावित भएको उनले बताएका हुन् ।









प्रतिक्रिया दिनुहोस्