वडामा क्षयरोग न्यूनीकरण योजना बनाउँदै कोहलपुर



कोहलपुर,
कोहलपुर नगरपालिकाले क्षयरोग न्यूनीकरणका लागि योजना निर्माण कार्य सुरु गरेको छ । कोहलपुर नगरपालिकामा रहेको क्षयरोगी खोज्दै रोग नियन्त्रणका लागि योजना निर्माण सुरु गरिएको हो ।

नगर स्वास्थ्य शाखाले कोहलपुरका १५ वटै वडामा योजना निर्माण गर्ने तयारी थालेको छ । शाखा प्रमुख अनिल सेन ठकुरीले कोहलपुरका सबै वडाहरुमा क्षयरोगसम्बन्धी सुक्ष्म योजना निर्माण थालिएको बताए ।

योजना निर्माणका लागि प्रगति विश्लेषण तथा योजना निर्माणका लागि कार्यशाला कार्यक्रमको आयोजना गरेर सुझाव संकलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

‘कोहलपुरलाई क्षयरोगमुक्त अभियान चलिरहेको छ । सोहीअनुसार कोहलपुर नगरपालिकाले अभियान नै सञ्चालन गरेको छ,’ उनले भने, ‘नगर स्वास्थ्य शाखाले पनि अभियान नै सञ्चालन गरेको सुझाव संकलन गर्न सुरु गरेको छ । प्राप्त सुझावका आधारमा क्षयरोग न्यूनीकरण योजना निर्माण गरिनेछ ।’

उनले सम्पूर्ण वडामा सुझाव संकलन गरिने बताए ।
सोही अभियानअन्तर्गत वडा नम्बर ८ मा कार्यशाला आयोजना गरेर योजना निर्माणका लागि सुझाव संकलन भएको छ । नगरपालिकोको अभियानअनुसार वडामा कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष लालबहादुर रानाले बताए । उनका अनुसार स्थानीयहरुको व्यापक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यशालामा स्थानीयहरुबाट महŒवपूर्ण सुझावहरु आएको उनले बताए । वडा अध्यक्ष रानाले वडाभित्र सर्ने तथा नसर्ने दीर्घरोगका लक्षण देखिन बित्तिकै स्वास्थ्य संस्थामा गइहाल्न अनुरोध गरेका छन् । कुष्टरोग, क्यान्सर, सिकलसेल जस्ता लक्षण भएका बिरामी देखिए समयमै उपचारका लागि वडा स्वास्थ्य चौकीमा उपचार गराइ हाल्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय क्षयरोग केन्द्रले देशभरिका २५ पालिकामा क्षयरोगमुक्त अभियान सञ्चालन गरिरहेको छ । क्षयरोगमुक्त पालिका बनाउने उद्देश्यअनुरूप अभियान सञ्चालन भइरहेको छ । हाल लुम्बिनी प्रदेशका तीन पालिकामा मात्रै यो कार्यक्रम लागु भएको छ ।
बाँकेका आठमध्ये कोहलपुर नगरपालिका मात्र यो अभियान सञ्चालन भएको छ । कोहलपुरमा पुस मसान्तसम्म ९८ जना पत्ता लागेका थिए । चैत मसान्तसम्म यो संख्या बढेर एक सय ३२ पुगेका छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार