नेपालगन्जमा लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन



नेपालगन्ज,  नेपालगन्जका विभिन्न विद्यालयमा लागुऔषध दुरुपयोगसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगन्जको आयोजना र जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध ब्युरो बाँके तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको सहकार्यमा मंगलबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।


उक्त कार्यक्रम असार १० गतेसम्म सञ्चालन हुने छ । लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्रकुमार जोशीको अध्यक्षतामा भएको पहिलो कार्यक्रमअन्तर्गत नेपालगन्जका दुई विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

अध्यक्ष जोशीका अनुसार पहिलो दिन नेपालगन्जको चारबाहिनीस्थित युद्ध संस्कृत माध्यमिक विद्यालय र नेपालगन्ज–१० मा रहेको शारदा माध्यमिक विद्यालयमा हाजिरी जवाफ सम्पन्न भएको हो ।

विद्यालयमा अध्यनरत बालबालिकालाई लागुऔषध दुव्र्यशनीविरुद्ध सचेतना फैलाउने उद्देश्यले यस किसिमको कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जोशीले जानकारी गराए ।

नेपालगन्जका विभिन्न विद्यालयहरुमा यस प्रकारका कार्यक्रम गरी नेपालगन्जको वीपी चोकमा १० गते सचेतनामूलक कार्यक्रमसहित पुरस्कार वितरण गरिने अध्यक्ष जोशीले बताए । सो कार्यक्रमलाई नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ६ गते बुधबार