मिसन संवाददाता
नेपालगन्ज, २९ जेठ
गर्मी छल्न खजुरा गाउँपालिकास्थित पुरानै नजिकै मानखोलामा पौडी खेल्न गएका दुईजना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । खजुरा–६ दशबिगाहका १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षीय किरण नेपालीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण दश बिगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमबार दिउँसो १२ बजेतिर नुहाउन गएका थिए ।
उनीहरुमध्ये दुईजना खोलामा डुबेर बेपत्ता भएका थिए । ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेका अनुसार बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपराह्न तीन बजे मात्र भेटिएको हो ।
प्रहरी निरीक्षक बेल्वासेले नुहाउन गएका अन्य दुईजना बालबालिका भने सकुशल रहेको जनाए । अत्यधिक गर्मीका कारण बालबालिका खोला नालामा नुहाउन जाने क्रम बढेको भन्दै बाँके प्रहरीले साना बालबालिकालाई एक्लै खोला नालामा जान नदिन अभिभावकहरूसँग आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्