शिवानी विक
कोहलपुर (बाँके),
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले कोहलपुरमा शाखा कार्यालय स्थानान्त्रण गरेको छ । एक औपचारिक कार्यक्रमका बीच आइतबारबाट उक्त बैंकको शाखा स्थानान्त्रण गरेको हो ।
बाँकेमा जिल्लामा शाइन रेसुंगा बैंकको तीनवटा शाखा छन् । कोहलपुरमा सुरुवात गरिएको कार्यालयको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले शाखा समुदाय स्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्नु राम्रो पक्ष भएको भन्दै सहरी क्षेत्रसँगै ग्रामीण र दुर्गम क्षेत्रमा पनि यसको पहुँचमा वृद्धिसँगै व्यावसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिन सुझाव दिए ।
शाइन रेसुंगा बैंकका क्षेत्रीय प्रमुख लेखनाथ पौडेलले शाखा विस्तारसँगै वित्तीय साक्षरतालाई अभियान सञ्चालन गर्न वित्तीय पहुँच र ग्रामीण बैंकिङलाई उच्च प्राथमिकतामा राखिने बताए । उक्त बैंकका देशभरि ८८ वटा शाखा कार्यालय र एकवटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेको कोहलपुर शाखाका प्रमुख तुलाराम जोशीले जनाए ।








प्रतिक्रिया दिनुहोस्