विकसित र समृद्ध कोहलपुर बनाउनुपर्छ



कार्यकालमा भएका राम्रा र दीर्घकालीन महŒवका काम तपाईंहरु चौराहामा उभिनुभयो भने देख्नुहुन्छ । देखिरहनु भएको छ । मेरो कार्यकालमा निर्माण सुरु भएको लामोदुरीको अत्याधुनिक बसपार्क निर्माण भएको छ । अहिले सञ्चालनको अन्तिम चरणमा पुगेको छ । यो कार्यमा अहिलेको नेतृत्वले पनि अपनत्व लिएर निर्माण गरेको हो । पाँच वर्षको अवधिमा हामीले स्थानीय सरकारलाई संस्थागत बनाउन र जनता र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्यौँ ।

मेरो अनुभवको कुरा गर्नुहुन्छ भन्ने मैले केही अत्यावश्यक र महŒवपूर्ण योजना कार्यान्वयनमा जनताको साथ पाइनँ । उहाँहरुले अन्य काममा सहयोग पनि गर्नुभयो । स्थानीय तहको विकासमा जनताको सहयोग मिश्रित रह्यो । अहिले सार्वजनिक पदमा नभए पनि मेरो चासो र चिन्ता स्वभाविकरुपमा रहन्छ । हामीले सुरुवात गरेका योजना, अहिलेका नयाँ योजनाहरुका विषयमा विभिन्न माध्यमबाट बुझिरहेको हुन्छुँ । बाहिरबाट हेर्दा र बुझ्दा मलाई अहिलेका युवा मेयरले स्थानीय सरकार सञ्चालन गर्दा राम्रो गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

 


लुटबहादुर रावत
पूर्व नगर प्रमुख, कोहलपुर नगरपालिका

पूर्व नगर प्रमुखका रुपमा नयाँ जनप्रतिनिधिको कामलाई कसरी हेरिरहनु भएको छ ?

म अहिले खास्सै सक्रिय सार्वजनिक जीवनमा छैन । व्यक्तिगत जीवन जिइरहेको छुँ । लामो समय कोहलपुरको विकास र समृद्धिका लागि अग्रणी स्थानमा रहेर काम गरेँ । अहिले सार्वजनिक पदमा नभए पनि मेरो चासो र चिन्ता स्वभाविकरुपमा रहन्छ ।

हामीले सुरुवात गरेका योजना, अहिलेका नयाँ योजनाहरुका विषयमा विभिन्न माध्यमबाट बुझिरहेको हुन्छुँ । बाहिरबाट हेर्दा र बुझ्दा मलाई अहिलेका युवा मेयरले स्थानीय सरकार सञ्चालन गर्दा राम्रो गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

वर्तमान नेतृत्वले विभिन्न सार्वजनिक चासोका विषयमा तपाईंसँग पूर्व नेतृत्वका रुपमा समन्वय गर्ने गरेको छ की छैन ?

त्यस्तो औपचारिक समन्वय नभएको छैन । बेलाबखतमा भेटघाट हुन्छ । सामान्य कुराकानी हुन्छ । तर, कोहलपुरको विकास र समृद्धि र योजनाका विषयमा कुराकानी भएको छैन ।

तपाईंको कार्यकालमा भएका राम्रा कामहरुको विषयमा बताइदिनून ?

मेरो कार्यकालमा भएका राम्रा र दीर्घकालीन महŒवका काम तपाईंहरु चौराहामा उभिनुभयो भने देख्नुहुन्छ । देखिरहनु भएको छ । मेरो कार्यकालमा निर्माण सुरु भएको लामोदुरीको अत्याधुनिक बसपार्क निर्माण भएको छ । अहिले सञ्चालनको अन्तिम चरणमा पुगेको छ । यो कार्यमा अहिलेको नेतृत्वले पनि अपनत्व लिएर निर्माण गरेको हो ।

अर्काेतिर कोहलपुरमा कुनै पनि व्यक्ति आउँदा यहाँ राम्रो छ घुम्न जाउ भन्ने उपयुक्त स्थान र संरचना अहिले पनि छैन । मेरै कार्यकालमा निर्माण सुरु गरिएको गोलपार्क अहिले आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास भइसकेको छ । यसको सञ्चालनपश्चात यहाँको आन्तरिक पर्यटन प्रवद्र्धन हुने निश्चित छ । बाल अस्पताल, कबर्ड हल निर्माण गरिएको छ ।

युवाहरुलाई खेलकुदमा आकर्षित गर्न एन्फासँग १५ वर्षीय सम्झौता भएको छ । कोहलपुर तीन प्रदेशको प्रवेशद्वार हो । हामीले निर्माण गरेका यस्ता संरचनाले दीर्घकालीनरुपमा असर गर्नेछन् । यी त प्रतिनिधि विकास मात्रै हुन् । यस्तै थुप्रै काम हामीले गरेका छौँ ।

कोहलपुरको विकास र समृद्धिका लागि नागरिक र स्थानीय सरकारबीच कस्तो सम्बन्ध हुनुपर्ला, तपाईंको अनुभवले के भन्छ ?

देश संघीय संरचनामा गएपछि संस्थापक जनप्रतिनिधिका रुपमा हामी आयौँ । पहिला हामी आउँदा धेरै अन्योलता थिए । जनताहरुमा पनि नयाँ व्यवस्था भएकाले धेरै विषयमा जानकारी थिएन । उहाँहरुमा एक प्रकारको कौतुहलताको अवस्था थियो । पाँच वर्षको अवधिमा हामीले स्थानीय सरकारलाई संस्थागत बनाउन र जनता र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्यौँ ।

मेरो अनुभवको कुरा गर्नुहुन्छ भन्ने मैले केही अत्यावश्यक र महŒवपूर्ण योजना कार्यान्वयनमा जनताको साथ पाइनँ । उहाँहरुले अन्य काममा सहयोग पनि गर्नुभयो । स्थानीय तहको विकासमा जनताको सहयोग मिश्रित रह्यो ।

वास्तवमा स्थानीय सरकारको विकास र समृद्धिका लागि स्थानीय सरकार र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक छ । नगरपालिकाका रहेक काममा जनताले साथ दिनुपर्छ । नगरपालिकाले पनि जनताका आवश्यकताअनुसार काम गर्न सक्नुपर्छ ।

दशौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण नगरवासीलाई के भन्न चाहन्छु हुन्छ ?

सर्वप्रथम कोहलपुर नगरपालिकाको दशौं स्थापना दिवसको अवसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक शुभकामना दिन चाहन्छँु । हामीले कोहलपुर विकासको जग बसालिसकेका छौँ । आगामी दिनमा अझै विकासित स्थानीय तहको रुपमा कोहलपुर अघि बढोस् मेरो शुभकामना
छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार