जमुनाह सीमा नाका तीन दिन बन्द हुने



नेपालगन्ज ।

बाँकेको जमुनाह सीमानाका तीन दिन बन्द हुने भएको छ । भारतको सीमावर्ती बहराईच जिल्लामा वैशाख २१ गते नगरपञ्चायतको निर्वाचन हुन लागेकोले सीमा नाका बन्द हुने भएको हो ।

निर्वाचनका बेला दुवैतर्फका प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै सीमानाका बन्द गर्ने प्रचलन रहेको छ । सोहीअनुरुप वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने भएको हो ।

यद्दपि बाँके प्रशासनले यसबारेमा आधिकारिक सूचना प्रकाशित गरेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले सोमबार यसबारेमा आधिकारिक सूचना जारी हुने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार