सवारी दुर्घटनामा कोहलपुरका युवाको मृत्यु



बाँके ।

बर्दियाको बाँसगढीमा आइतबार राति मोटरसाईकल दुर्घटना हुँदा कोहलपुरका एक युवाको ज्यान गएको छ । राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाँसगढी –५ केदारेश्वेर धाम नजिकै भएको दुर्घटनामा परेर कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल गम्भीर घाइते भएका थिए ।
बर्दिया प्रहरीअनुसार धिताललाई तत्कालै उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ । यसबारे थप अनुसन्धान गइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार