तीन स्रष्टालाई पद्मश्री साधना सम्मान–२०७३ बाट सम्मानित



काठमाडौं, असोज १९ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने तीनजना स्रष्टाहरुलाई सम्मान गरेको छ ।

बिहीबार राजधानीमा गरिएको कार्यक्रममा नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान–२०७३ बाट सम्मानित गरियो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनही दुई लाख रुपैयाँको पुरस्कार शर्मा र घिमिरेलाई प्रदान गरे ।

यस्तै, कवि नवराज पराजुलीलाई दुई लाख रुपैयाँ राशीकै पद्मश्री साहित्य सम्मान–२०७३ बाट सम्मानित गरियो ।

प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गर्दै आइरहेको पुरस्कार कवि पराजुलीको कवितासंग्रह ‘सगरमाथाको गहिराइ’लाई प्रदान गरेको हो । imagekhabar

  • No tags available
प्रकाशित मिति : २०७४ असोज १९ गते बिहीबार