कोहलपुरमा प्रादेशिक महोत्सवको तयारी तीव्र



कोहलपुर, २० माघ
कोहलपुर उद्योग वाणिज्य संघले लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ को तयारी थालेको छ । संघको बहुआयामिक भवनको निर्माणार्थ फागुन पहिलो सातबाट आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउनर संघले तयारी गरिरहेको हो ।
महोत्सवलाई भव्य तथा सभ्यरुपमा सफल पार्न संघले कोहलपुर तथा जिल्लाका सम्पूर्ण पक्षसँग अन्तरक्रिया गरिरहेको छ । शुक्रबार कोहलपुरस्थित मिडियाकर्मीहरुसँग अनौपचारिक छलफल तथा अन्तरक्रिया गरेको छ ।

उक्त अवसरमा संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले महोत्सवका लागि हालसम्म भइरहेका गतिविधिबारे जानकारी दिए । उनका अनुसार महोत्सवका लागि कोहलपुर नगरपालिकाले माघ १० गते निर्णय गरेर ११ गते आधिकारिकरुपमा पत्र काटेको थियो । त्यसपछि संघ निरन्तर महोत्सवको पूर्वतयारीमा सक्रिय भएको उनले बताए ।

उनका अनुसार संघको आयोजनामा फागुन ५ गतेदेखि १३ गतेसम्म कोहलपुर–११ न्यूरोडस्थित खुला मैदानमा हुनेछ । ‘कृषि, पर्यटन शिक्षा र उद्योगको आवश्यकता, व्यावसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने छ । उनले महोत्सवलाई सफल बनाउन नौवटा उपसमिति गठन गरिएको बताए । संघले शुक्रबारमात्रै कोहलपुरस्थित वस्तुगत व्यवसायी, राजनीतिक दल र पूर्वपदाधिकारीहरुसँग छलफल गरेको समेत बताएका थिए ।

महोत्सवमा तीन लाख दर्शकलाई अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न स्टल हुनेछन् । विभिन्न प्रतियोगिता तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिनेछ । व्यवसायी र अपांगता भएका व्यक्तिहरुले निःशुल्क प्रवेश पाउने छन् । महोत्सव सफल बनाउन सबैको भूमिका महŒवपूर्ण हुने अध्यक्ष पौडेलले जनाए । अहिले महोत्सव पूर्वतयारीको काम भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार