दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी



 दाङ ।

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ ।

मास्कीले २२ हजार ३ सय २१ मत ल्याउँदा एमालेका बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार