पाँचथरका सबै सिटमा सत्ता गठबन्धन अगाडि



पाँचथर ।

पाँचथरमा प्रतिनिधि सभा सदस्यमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले अग्रता लिएका छन्। ५०५७ मत गणना हुँदा आङदेम्बेले २२२० मत प्राप्त गरेका छन् भने एमालेका वसन्त नेम्वाङले २०८५ मत पाएका छन्।

पाँचथरको प्रदेश सभाका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अघि छन्।

प्रदेश सभाको क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले २६१५ मत प्राप्त गर्दा एमालेका राजकुमार भण्डारीले २०७५ पाएका छन्।

क्षेत्र २ मा माओवादीका इन्द्र आङ्बोले २५८१ मत प्राप्त गर्दा एमालेका अइन्द्रसुन्दर नेम्वाङले २४४० मत पाएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार