दाङ-२ मा मतदान अधिकृतको हस्ताक्षर नभएका मत भेटिएपछि रोकियो मतगणना



दाङ ।

मतदान अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मत भेटिएपछि दाङ-२ मा मतगणना रोकिएको छ।

८८ मत मध्ये ३३ मत एमालेको सूर्य चिन्हमा छाप लगाइएका छन् भने ४९ मा मत माओवादी केन्द्रलाई परेका छन्। मतदान अधिकृतको हस्ताक्षर नभएका मत के गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ।

यो क्षेत्रमा अहिलेसम्मको मतगणना सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मा अगाडि छन् भने एमाले महासचिव शंकर पोखरेल सुरूदेखि नै पछि परेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार